‘जेरी अन टप’ अनमोलको करिअर र यस वर्षकै हिट फिल्म « Khabarhub

‘जेरी अन टप’ अनमोलको करिअर र यस वर्षकै हिट फिल्म


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी स्टार फिल्मको ग्रस कलेक्सन ११ करोड ७१ लाख ४१ हजार नाघेको छ । यो सुरुवाती २३ दिनको व्यापार हो ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार यो फिल्म तीन लाख ७५ भन्दा बढी दर्शकले हेरेका छन् ।

यससँगै यो फिल्म अनमोलको करिअरकै हिट फिल्म बनेको छ । यसअघि उनका कुनै पनि फिल्मको व्यापार १० करोडको आँकडा पार गरेका थिएनन् । उनको करिअरको यो ११ औँ फिल्म हो ।

‘जेरी अन टप’ ०७१ सालमा प्रदर्शनमा आएको फिल्म ‘जेरी’को सिक्वेल हो । अनमोललाई स्टार बनाउने फिल्मका रुपमा ‘जेरी’लाई लिइन्छ ।

योसँगै ‘जेरी अन टप’ यस वर्षको सबैभन्दा हिट फिल्म बनेको छ । वैशाख २६ बाट प्रदर्शनमा आएको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले यो वर्ष सबैभन्दा बढी व्यापार गर्ने फिल्मको शीर्ष स्थान कब्जा गरेको थियो । यसमा नायक विपीन कार्की र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् ।

चलचित्र विकास बोर्डका अनुसार ‘ऊनको स्वीटर’को लाइफटाइम ग्रस कलेक्सन ११ करोड ३४ लाख छ ।

‘जेरी अन टप’को निर्देशक सुयोग गुरुङ हुन् । यसको नायिकाहरु जशिता गुरुङ र आँचल शर्मा हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ७ : ३१ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका