बलिउड अभिनेता धर्मेन्द्रको परिवारले भन्यो – खबर अफवाह हो* « Khabarhub

बलिउड अभिनेता धर्मेन्द्रको परिवारले भन्यो – खबर अफवाह हो*


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सिनेमाका अभिनेता धर्मेन्द्र देवलको अस्पतालमा उपचार भइराखेको छ । ८९ वर्षीय देवलको ब्रीच क्याण्डी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको हो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

शाहरुख खान, सलमान खानसहित बलिउड कलाकार पनि सोमबार राति अबेरसम्म ब्रीच क्यान्डी अस्पताल पुगेका थिए । यसअघि उहाँको विषयमा सार्वजनिक भएको समाचार अफवाह भएको भन्दै परिवारले बताएपछि भारतीय सञ्चारमाध्यमले समाचार सच्याएका छन् ।

उनको मृत्यु भइसकेको भन्दै भारतीय सञ्चार माध्यममा समाचार आएपछि छोरी ईशा देओलले आफ्नो बुबाको स्वास्थ्यको बारे बोलेकी हुन् । उनले लेखेकी छन्, ‘गलत समाचार फैलाइरहेको छ । मेरो बुबाको स्वास्थ्य स्थिर छ, उहाँ निको भइरहनु भएको छ। तपाईँ सबैलाई अनुरोध गर्दछु कि हाम्रो परिवारलाई प्राइभेसी दिनुस् । बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद ।’

*(यसअघि भारतीय मिडियाको आधारमा छापिएको समाचारमा परिवारले भ्रामक बताएपछि सच्याइएको छ । –सम्पादक)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ३९ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५