बलिउड अभिनेता धर्मेन्द्रको परिवारले भन्यो – खबर अफवाह हो* « Khabarhub

बलिउड अभिनेता धर्मेन्द्रको परिवारले भन्यो – खबर अफवाह हो*


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सिनेमाका अभिनेता धर्मेन्द्र देवलको अस्पतालमा उपचार भइराखेको छ । ८९ वर्षीय देवलको ब्रीच क्याण्डी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको हो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

शाहरुख खान, सलमान खानसहित बलिउड कलाकार पनि सोमबार राति अबेरसम्म ब्रीच क्यान्डी अस्पताल पुगेका थिए । यसअघि उहाँको विषयमा सार्वजनिक भएको समाचार अफवाह भएको भन्दै परिवारले बताएपछि भारतीय सञ्चारमाध्यमले समाचार सच्याएका छन् ।

उनको मृत्यु भइसकेको भन्दै भारतीय सञ्चार माध्यममा समाचार आएपछि छोरी ईशा देओलले आफ्नो बुबाको स्वास्थ्यको बारे बोलेकी हुन् । उनले लेखेकी छन्, ‘गलत समाचार फैलाइरहेको छ । मेरो बुबाको स्वास्थ्य स्थिर छ, उहाँ निको भइरहनु भएको छ। तपाईँ सबैलाई अनुरोध गर्दछु कि हाम्रो परिवारलाई प्राइभेसी दिनुस् । बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद ।’

*(यसअघि भारतीय मिडियाको आधारमा छापिएको समाचारमा परिवारले भ्रामक बताएपछि सच्याइएको छ । –सम्पादक)

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल