एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क ! « Khabarhub

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क !


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ । जसअन्तर्गत मंगलबार एनसेल एपमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् । 

११:११ उत्सवको अवसरमा आज एक दिनका लागि संचालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । 

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवाहरू हेर्न, रोमिङसहितका सेवा सक्रिय/निष्क्रिय गर्न, र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरू पठाउन पनि सक्छन् ।

एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचारहरू हेर्न सकिनेलगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी एपका सेवाहरूको फाइदा लिन सक्छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : १६ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव