एक सातामा १ सय ८२ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ७ हजार ५ सय नाघ्यो  « Khabarhub

एक सातामा १ सय ८२ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ७ हजार ५ सय नाघ्यो 


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु संक्रमित थपिएका छन् । विगतका वर्षहरूमा वर्षायाममा धेरै संक्रमण देखिने गरेकोमा यस वर्ष कात्तिकको अन्तिम सातासम्म पनि संक्रमण घटेको छैन । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ५ सय १९ पुगेको छ । 

सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ९ सय ८ जनामा संक्रमण देखिएको छ भने बागमतीमा १ हजार ८ सय ९५, लुम्बिनीमा १ हजार २ सय ४७, कोशीमा ९ सय ७४, सुदुरपश्चिममा ८ सय २१, कर्णालीमा ५ सय १४ र मधेश प्रदेशमा १ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ । 

डेंगु संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ५१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को