एक सातामा १ सय ८२ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ७ हजार ५ सय नाघ्यो  « Khabarhub

एक सातामा १ सय ८२ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ७ हजार ५ सय नाघ्यो 


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु संक्रमित थपिएका छन् । विगतका वर्षहरूमा वर्षायाममा धेरै संक्रमण देखिने गरेकोमा यस वर्ष कात्तिकको अन्तिम सातासम्म पनि संक्रमण घटेको छैन । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै २६ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ५ सय १९ पुगेको छ । 

सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ९ सय ८ जनामा संक्रमण देखिएको छ भने बागमतीमा १ हजार ८ सय ९५, लुम्बिनीमा १ हजार २ सय ४७, कोशीमा ९ सय ७४, सुदुरपश्चिममा ८ सय २१, कर्णालीमा ५ सय १४ र मधेश प्रदेशमा १ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ । 

डेंगु संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ५१ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको