समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल ! « Khabarhub

समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल !


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतया पहिलो भागको विस्तारित रुपमा सिक्वेल बन्ने गर्छन् । शीर्ष भूमिकाका कलाकारहरु दोहोरिन्छन् । निश्चित अवधिपछि विकसित र परिवर्तन भएको ती पात्रहरुको दैनिक– घटनाक्रम सिक्वेलमा उत्तारिन्छ । ‘जारी २’को हक पनि त्यही लागु भएको छ ।

निर्माण पक्षका अनुसार ‘जारी २’ ०५० सालताका पाँचथरको ग्रामीण लिम्बू समुदायको कथामा आधारित थियो । ‘जारी २’ त्यसको ७-८ वर्षपछिको समयको कथामा बनेको छ ।

ट्रेलरबाटै अनुमान गर्न सकिन्छ । फिल्मका दम्पती नायक दयाहाङ राई (नाम्साङ) र नायिका मिरुना मगर ‘हाङ्मा’की छोरी ‘जारी’को अन्तिममा जन्मिएकी थिइन् । सिक्वेलमा ७-८ वर्षकी भएकी छन् ।

५० सालपछिको ७-८ वर्षमा परिस्थितिमा ग्रामीण समुदायमा माओवादी लडाकु र सेनाको बिगबिगी थियो । त्यही घटनाक्रम ‘जारी २’ देखाइएको छ । अर्थात्, ‘जारी २’ जस्तो ०५२–६२ सालको समयको कथामा बनेको सामाजिक फिल्ममा माओवादी र सेनाको उपस्थिति देखिनु सामान्य हो ।

कथामा के छ ?

‘जारी’ मा जस्तै ‘जारी २’को कथा मिरुना अर्थात् हाङ्माको कोणबाट भनिएको छ । फिल्मको चुरो कथा रिल दम्पती दयाहाङ ‘नाम्साङ’ र हाङ्माकै खटपट हो ।

‘जारी २’ मा विजय बरालले निर्वाह गरेको पात्र मङ्गलसेनको ‘स्क्रिन टाइम’ लम्बिएको छ । उनलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । सिक्वेलमा उनी शीर्ष पात्र बनेका छन् ।

‘लोग्ने-स्वानीको झगडा परालको आगो’ भन्ने उखान छ । अर्थात्, श्रीमान्-श्रीमतीको झगडा अस्थायी हुन्छ । यो झगडा कमजोर हो भन्ने सामाजिक बुझाइ छ ।

यो कमसल विषयलाई लेखक त निर्देशक उपेन्द्र सुब्बाले रोचक ढंगले प्रस्तुत गरेका छन् । उनले फिल्मबाट पाउनुपर्ने मुख्य तारिफ नै यही हो ।

श्रीमान्-श्रीमतीको झगडा, विकसित चिसोपनको कारक च्याब्रुङ हुन्छ । यो झगडामा माओवादी द्वन्द्व कसरी जोडिन्छ ? त्यो थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।

पहिलो हाफले नाम्साङ र हाङ्माको समुदाय (लिम्बू समुदाय)को च्याब्रुङप्रतिको आस्था र महत्वबारे प्रकाश पारेको छ । पहिलो हाफमा ठेट लिम्बू समुदाय र कथा हेर्न पाइन्छ । यो नै फिल्मको सुन्दर पक्ष हो ।

दोस्रो हाफमा माओवादी द्वन्द्वको घटनाको प्रवेश हुन्छ । यसले नाम्साङ र हाङ्माको जीवनमा पार्ने परिवर्तनले फिल्म टुंगिन्छ ।

कमजोरी

दर्शकले ‘जारी २’को कथालाई ‘जारी’भन्दा भिन्न देख्दैनन् । ‘जारी’को कथालाई नयाँ परिवेश र घटनाक्रम दिएर ‘जारी २’ बनाइएको हो भन्दा फरक पर्दैन ।

यो फिल्मको सबैभन्दा कमजोर पाटो नै क्लाइमेक्स हो । ‘जारी’कै सँग मिल्दो क्लाइमेक्स भएकाले ‘जारी २’को दोस्रो हाफमा दर्शकले चित्त नबुझाउने पक्ष भेटिन्छ ।

ट्याग लाइन च्याब्रुङलाई निर्देशकले बीचमै छाडेका छन् ।

‘जारी २’मा बुद्धि तामाङको प्रवेश भएको छ । शीर्ष कलाकारसँग उनी कमजोर भूमिकामा जोडिन्छन् । उनको भूमिका निकाल्ने नै हो भने फिल्मलाई तात्विक असर गर्दैनन् । तथापि, निर्देशकको चलाखीले उनी दोस्रो हाफको प्रमुख मध्येको एक विषय माओवादी द्वन्द्वसँग जोडिएका छन् । माओवादीको क्रुरताको साक्षात्कार बुद्धिले गरेका छन् ।

यहाँ प्रश्न उठ्छ– यो पाटाका लागि बुद्धिकै प्रवेश आवश्यक थियो र ? यो पक्षसँग जोड्न ‘जारी’बाट सिक्वेलमा निरन्तरता पाएका पात्र नि छँदै थिए ।

नाम्साङको केही संवाद र अडानले ‘कबड्डी’को ‘काजी’को महसुस गराउँछ । तर, नाम्साङलाई ट्र्याकबाट उम्कन निर्देशकले रोकेका छन् ।

पहिलो हाफसम्म त्यस गाउँमा माओवादी द्वन्द्व नै छैन जस्तो आभाष हुन्छ । माओवादीको प्रवेश दोस्रो हाफमा हुन्छ । यो अलि ढिला भयो । निर्देशकले चाहेपछि मात्रै समाजमा माओवादीको उपस्थिति देखियो ।

माओवादीको प्रवेश भएपछि नायिका ऋचाको प्रवेश हुन्छ । उनको बोल्डनेस र संवाद कमसल महसुस हुने स्थान प्रशस्त भेटिन्छन् ।

श्रीमतीसँगको नाम्साङको द्वन्द्वले बुवासँग सम्बन्ध समधुर बन्दैनन । यो पक्षलाई साधारण होइन । तर, निर्देशक यो पक्षलाई त्यति वास्ता गरेका छैनन् ।

सकारात्मक पक्ष

यो फिल्मको सकारात्मक पक्षको कुरा गर्दा कलाकारहरुको अभिनय र डाइलग डेलिभरी नै हो ।

पर्दामा नाम्साङ र हाङ्मा वास्तविक देखिन्छन् । मिरुनाको डाइलग डेलिभरी क्षमताले हाङ्मालाई थप जीवन्त बनाएको छ । दयाहाङको कुरा गर्नै परेन ! निर्देशक उपेन्द्र सुब्बाले दयाहाङबाट निचोरेरै अभिनय निकालेका छन् ।

निर्देशक सुब्बाले डिटेलिङमा सक्दो ध्यान पुर्‍याएका छन् । पहिरनदेखि ठेट संवादमा फिल्मको पकड राम्रो छ । भावुक र हाँस्य संवादमा उस्तै सटिकता भेटिन्छ । यसले फिल्मबाट दर्शकको ध्यान भड्किन पाउँदैन । विशेषत यो पहिलो हाफ मा बढी लागु हुन्छ ।

समुदाय र भल्गर शब्दको संयोजन पच्ने किसिमकै छ । यो राम्रो भयो वा भएन कापी जाँच्ने काम भने दर्शकलाई छाड्दा उचित हुन्छ ।

संवाद नभएको स्थानमा दृश्य बोलेको छ । क्लाइमेक्सम निर्देशकले स्थापित गर्न खोजेको पनि यही हो– दृश्य बोलाउन । कमजोर क्याइमेक्स भए पनि यो मामलामा निर्देशक सफल छन् । दृश्य बोलेको छ ।

ब्याकग्राउण्ड म्युजिक औषतभन्दा माथि छ । दृश्य स्थापित गर्न ब्याकग्राउन्ड साउन्ड सफल छ । एक दृश्य मात्रै यो लागु हुँदैन । त्यो दृश्य हो– नाम्साङले हाङ्मालाई सम्झदा उनको मानसपटलमा अस्वाभाविक ध्वनि गुञ्जिन्छ । उक्त ध्वनि दर्शकलाई नै कर्कश लाग्दो छ ।

फिल्मका सबै पात्रहरुलाई निर्देशकले आटिट्युड भरिदिएका छन् । अग्र्यानिक क्यारेक्टरहरुको आटिट्युडले दर्शकलाई मनोरञ्जन दिने निश्चित छ । विजयको भूमिका मङ्गलसेनले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने प्रमुख पात्र हो ।

कथा सरल ढंगले नै बगेको छ ।

क्यामेरा वर्क औषत छ । सिनेम्याट्रिक सटको अभाव केही स्थानमा हुन्छ । तर, यसले त्यस्तो ठूलो प्रभाव देखाउँदैन ।
सम्पादकले आफ्नो जिम्मेवारी राम्रैसँग पूरा गरेको देखिन्छ ।

०००

दुई घण्टा सात मिनेट (डिरेक्टर्स कटभन्दा बाहेक)को यो फिल्मले समग्रमा दर्शकलाई मनोरञ्जन प्रदान नै गर्छ ।

दोस्रोका तुलनामा पहिलो हाफ मजबुत छ । जसले गर्दा दोस्रो हाफको मध्यतिर फिल्मको गति सुस्त भए पनि अन्त्यमा के होला ? भन्ने कौतुहल सिर्जना हुन्छ । यसले गर्दा दर्शकको आँखा अन्त्यसम्म पर्दामा नै रहन्छ ।

फिल्ममा हास्य खुराक प्रशस्तै छ । केही भावुक दृश्यहरुले मनगाँठो पार्ने निश्चित छ ।

फिल्म पट्यार लाग्दो छैन । लिम्बू समुदायलाई यो फिल्मले थप चिन्न सहयोग पुर्‍याउँछ ।

तर, ‘जारी’ भन्दा ‘जारी २’ पटकथाको हिसाबले उत्कृष्ट होइन । क्लाइमेक्स नै उस्तै भएपछि कसरी मान्नु ?

त्यसैले, यस समीक्षामा दाबी गरिएको हो-जारी २ ‘सिक्वेल कमजोर हुन्छ’ भन्ने भाष्यलाई बढावा ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ३४ बजे

हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

बागमती– बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि

मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

खोटाङ– बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा

हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ

काठमाडौं– काठमाडौंमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा हायात

भन्न सहज, गर्न कठिन कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसले सार्वजनिक गरेको १५ औँ महाधिवेशनको तालिका पहिलो नजरमा

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला