तुलसीपुरमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती « Khabarhub

तुलसीपुरमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । 

त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताए । उनका अनुसार तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य स्थानमा अझै पनि पुल निर्माण भएका छैनन् । 

बराखुट्टी र गाईखुट्टीको बीचमा एउटा झोलुङ्गे पुल छ । त्यस्तै साजखुट्टी र बराखुट्टी जोड्ने अर्को पुल छभने अमुवापुरमा गरी तीन झोलुङ्गे पुल छन् । ती झोलुङ्गे पुलबाट आवतजावतमा केही सहज भए पनि अन्य छवटा स्थानमा झोलुङ्गे पुल पनि छैनन् । ती स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समय निकै समस्या हुने उनको भनाइ छ ।

‘हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ’, उनले भने, ‘तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ ।’ 

गिधनियामा बन्न थालेको पुल पनि सात वर्षदेखि अलपत्र छ । जुन ठाउँमा अहिले दुईवटा पिल्लर मात्रै छन् । त्योभन्दा अगाडि बढ्न सकेको छैन । यसरी पुल अलपत्र भएपछि आफूहरु आजित भएको स्थानीय भक्तबहादुर बस्नेतले बताए । ‘बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्’, उनले भने, ‘यसरी त हामी निकै मारमा परेका छौँ ।’

हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । उपमहानगरपालिकाले त्यसका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिका भित्रकै पहिलो बक्स पुल निर्माणका लागि सोही स्थानमा सर्वेसमेत भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताए । 

उनका अनुसार सोही पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको छ । जहाँ पुल निर्माण भएपछि त्यहाँका आधा दर्जन बढी गाउँलाई सहज हुने उनको भनाइ छ । मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका बासिन्दालाई सहज हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ०६ बजे

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको