दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै « Khabarhub

दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका नेता सुदन गुरुङबीच फेरि भेटघाट हुने भएको छ।

आइतबारदेखि यी दुईजना पटकपटक भेट गरेर एउटै पार्टी बनाउने विषयमा छलफल गरिरहेका छन्।

सोमबार र मङ्गलबार बिहान पनि गुरुङ र घिसिङबीच भेटवार्ता भएको थियो। मंगलबार बिहान भएको भेटमा गुरुङ र घिसिङले पार्टी एउटै बनाएर जाने विषयमा छलफल गरे।

तर कुलमानले आफ्नो पार्टीको नाम उज्यालो नेपाल रहने बताउँदै नेतृत्वमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नै अघि सार्ने अडान राखे ।

यता गुरुङले सकेसम्म मिलेर जानुपर्ने भन्दै जेन-जीसहितका परिवारको तर्फबाट नेतृत्वमा अगाडि सारेर जानुपर्ने मत राखे । दुवैबीच बिहान पनि कुरा नमिलेपछि सुदन निस्किए । अहिले फेरि ऊर्जामन्त्री घिसिङले सुदनलाई बोलाएका छन् ।

नेताहरूका अनुसार सम्भवत: कुलमान र सुदनले दल दर्ता गर्नु अगाडि अन्तिमपटक भेट्न लागेका हुन् ।

‘बिहान पनि कुलमान र सुदन बस्नुभएको हो, अहिले फेरि उहाँ सुदन जानुभएको छ’, एक सहयोगीले खबरहबलाई भने, ‘हामीले त सुरुबाटै भनेको जे-नजी आन्दोलनको अपनत्व हुने नेतृत्व र पार्टी चाहिन्छ । कुलमान दाइ मान्नुभएको छैन। बिहान भेट भएको हो । त्यसबेला सुदन र कुलमानबीच मिलेर जानेबारे कुरा भएको हो। तर कुलमानजीले अडान छोड्नुभएन। हामीले पनि छोड्ने कुरा भएन ।’

सुदनका सहयोगीका अनुसार अहिले कुलमानले अन्तिम पटक छलफल गर्ने भन्दै बोलाएका छन् । त्यही छलफलका लागि सुदन अहिले कुलमानको निवासतिर गएका छन् ।

‘दुईजनाबीच भेटपछि सम्भवत: अलग अलग नयाँ दल दर्ता हुन्छ । नाटकीय परिवर्तन नभए कुलमानले उज्यालो नेपाल र सुदनले सहिद परिवारको प्रतिनिधि लिएर दल दर्ता गर्नुहुन्छ’, कुलमानिकट स्रोतले भन्यो, ‘तत्काललाई नभए भविष्यमा सहकार्य गर्ने वातावरण बनाएर उहाँहरूबीच कुरा मिल्छ ।’

स्रोतका अनुसार अहिले सुदनले बनाउन लागेको पार्टीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र पूर्वसांसद सुमना श्रेष्ठ सहभागी हुने छन् । बालेन्द्र अहिले बाहिर नदेखिए पनि उनी पनि आन्तरिक तयारीमा छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : १५ बजे

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी– कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी ४के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम