प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल | Khabarhub Khabarhub

प्रदेश तथा स्थानीय तहबीच अन्तर सरकार सम्बन्धका सवालमा छलफल


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कर्णाली – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन सुर्खेत वीरेन्द्रनगरमा आजदेखि ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया’ सुरु भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आजदेखि दुई दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन हुने ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तरक्रिया’ को उद्‌घाटन मुख्यमन्त्री यामलाल कँडेलले गरे ।

उनले संविधानको मर्मअनुसार समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार अगाडि बढ्नुपर्ने बताए। संविधानको भावनाअनुसार प्रदेश र स्थानीय तहका सरकारबीचको सम्बन्धलाई थप समन्वयात्मक ढङ्गले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तरक्रिया सञ्चालन गरेको बताए।

अन्तरक्रियामा सरकारको नियमित कामकारबाहीका विषयमा गाउँपालिका तथा नगरपालिका राष्ट्रिय महासङ्घ नेपालका पदाधिकारीहरूसँग पनि बसेर छलफल गरिने जनाइएको छ ।  

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रनारायण यादवले एउटै जिल्लाबाट सात हजारभन्दा बढी योजना आउने संस्कृतिले विकासको अपरिहार्यता पहिचान हुन नसकेको बताए। 

राजस्व बाँडफाँड, विशेष, समपूरक, ससर्त अनुदानको कार्यान्वयनमा आएका समस्या, स्थानीय तहका कर्मचारी व्यवस्थापन, कानुन निर्माण र कार्यान्वयन सम्बन्धमा बृहत् छलफल गरी आगामी नीति, बजेट तथा कार्यक्रम तर्जुमाको मार्ग तयार गर्ने प्रमुख सचिव यादवले बताए। 

अन्तरक्रियामा दश जिल्लाका समन्वय समिति प्रमुख-उपप्रमुख तथा २५ नगरपालिकाका नगरप्रमुख-उपप्रमुख र ५४ गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षसहित प्रमुख सचिवदेखि पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ३० बजे

मतदाता नामावली दर्ता गराउनेको चाप बढ्यो, निर्वाचन कार्यालय बिहान ८ बजेदेखि सञ्चालन

भेरीगङ्गा– सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ ।

माओवादी रामप्रसाद गाउँकमिटीले भन्यो : विचार र पहिचान गुमाउने एकता चाहिँदैन

भोजपुर- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भोजपुरस्थित रामप्रसादराई गाउँ

‘आसन्न निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी लिनुपर्छ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनले देश, संविधान र जनताको भविष्यको जिम्मेवारी

संविधान रक्षार्थ जनप्रतिनिधिलाई अग्रभागमा आउन मुख्यमन्त्री कँडेलको आग्रह

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको रक्षाको लागि जनप्रतिनिधि