ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास « Khabarhub

ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा-ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय भवन सोमबार शिलान्यास अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ।

उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुँदैछ।

भारत सरकारको अनुदानमा बन्ने यो भवन साढे तीन तले हुनेछ । जसमा कक्षाकोठा र छात्र–छात्राका लागि शौचालय सुविधासमेत रहनेछ।

सन् २००३ देखि भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना छन्, जसमा ओखलढुङ्गाका पाँच परियोजना पनि समावेश छन्।

यससँगै, भारत सरकारले कोशी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूलाई १५० एम्बुलेन्स र ६२ विद्यालय बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये ओखलढुङ्गाका चार एम्बुलेन्स समेत रहेका छन्।

भारत–नेपालबीचको यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दुवै देशबीचको बहुआयामिक विकास साझेदारीको अभिन्न अंग मानिन्छ। यसले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : १३ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको