ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास « Khabarhub

ओखलढुङ्गाको स्वर्णान्तराल आधारभूत विद्यालय भवन शिलान्यास


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा-ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय भवन सोमबार शिलान्यास अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ।

उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुँदैछ।

भारत सरकारको अनुदानमा बन्ने यो भवन साढे तीन तले हुनेछ । जसमा कक्षाकोठा र छात्र–छात्राका लागि शौचालय सुविधासमेत रहनेछ।

सन् २००३ देखि भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना छन्, जसमा ओखलढुङ्गाका पाँच परियोजना पनि समावेश छन्।

यससँगै, भारत सरकारले कोशी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूलाई १५० एम्बुलेन्स र ६२ विद्यालय बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये ओखलढुङ्गाका चार एम्बुलेन्स समेत रहेका छन्।

भारत–नेपालबीचको यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दुवै देशबीचको बहुआयामिक विकास साझेदारीको अभिन्न अंग मानिन्छ। यसले दुई देशबीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : १३ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको