बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार « Khabarhub

बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को चार महिनाको अवधिमा ७० सर्पको उद्धार गरिएको छ । उद्धार गरिएका सर्पमध्ये अधिकांश विषालु सर्प भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालयका प्रमुख शंकर गुप्ताले वन क्षेत्र आसपासभन्दा बढी सहर बजारमा सर्प देखिन थालेको जानकारी दिँदै १५ जनाको प्राविधिक टोलीले रातिमा पनि सर्पको उद्धार गरेको बताए। 

जिल्लाको खासगरी नेपालगञ्ज र कोहलपुरमा सबैभन्दा बढी सर्पको उद्धार भएको उल्लेख गर्दै उद्धारका लागि जनशक्ति व्यवस्थापन र तालिमको अभाव भएको धारणा व्यक्त गरे । 

गत साउनदेखि कात्तिकसम्म विभिन्न प्रजातिका सर्पसहित विभिन्न ७६ वन्यजन्तुको उद्धार गरिएको कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिए । उनका अनुसार कमन कोब्रा, करेत, रसल भाइपर, धामन, अजिङ्गर लगायतका सर्पको उद्धार गरेर शम्शेरगञ्ज माथेबास चक्ला वन पुर्‍याइएको छ । 

धान काटेपछि जाडो महिनामा बस्तीमा जाने सम्भावना बढी हुने उल्लेख गर्दै सुवेदीले विषालु सर्पको जिल्लामा रहेको प्राविधिक समूहले उद्धार गर्ने बताए। 

“रातिमा प्रायः हामीलाई फोन आउँछ, स्रोतसाधनको पनि अभाव छ, तर पनि जसोतसो काम गरिरहेका छौँ”, उनले भने। 

गत आर्थिक वर्ष २०८१-८२ मा डिभिजन वन कार्यालयले विभिन्न प्रजातिका १२२ सर्पको उद्धार गरेको थियो । बाँके राष्ट्रिय निकुञ्ज तथा त्यसको मध्यवर्ती क्षेत्रबाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : ०२ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा