महानगर धुलोमुक्त बनाउँदै कामपा « Khabarhub

महानगर धुलोमुक्त बनाउँदै कामपा


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्र बनाएको छ ।
 
उक्त कार्यअन्तर्गत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेले जानकारी दिए।
 
कामपा वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ ।
 
इञ्जिनियर काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको एक हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ ।

बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलबाट नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे– पकनाजोल, चाक्सीबारीबाट जेपी चोकसम्म, कुलेश्वर–फलफूल बजार, बालाजु हाइटको गणेश मन्दिरबाट नागार्जुन पर्खालसम्म, शितला मार्गबाट पहिरा लिंक मार्ग, उमा महेश्वर मार्ग, रवि भवन मार्ग, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ ।
 
पूर्वाधार सुधार धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब रु १ अर्ब खर्च हुने अनुमान गरिएको छ । 

यस कार्यका लागि कामपाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । उत्तर क्षेत्रमा वडा नं १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् ।

मध्य क्षेत्रमा भित्री वडाहरू, वडा नं ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब रु ४५ करोड लागत अनुमान गरिएको छ ।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ५ : १८ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा