निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुनमन्त्री सिन्हा « Khabarhub

निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुनमन्त्री सिन्हा


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य पक्ष राजनीतिक दल भएकाले चुनावको वातावरण बनाउन उनीहरूको उत्तिकै भूमिका रहने बताएका छन् । 

नेपाल कानुन समाजद्वारा मंगलबार आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उनले सरकार, राजनीतिक दल र अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने धारणा व्यक्त गरे।
 
मन्त्री सिन्हाले भने, ‘जसका लागि चुनाव आवश्यक छ, उनीहरूले पनि वातावरण बनाउन भूमिका खेल्नुपर्छ, निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौँ, निकास दिऔँ ।’ 

सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दल र नेतासँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उनले राज्य सञ्चालनको अनुभवका कारण कतिपय सन्दर्भमा केही कमीकमजोरी भए पनि वर्तमान संकटबाट मुलुकलाई निकास दिलाउन भरमग्दुर प्रयास गरिरहेको स्पष्ट पारे।
       
मन्त्री सिन्हाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउनेसम्बन्धी प्रक्रिया र तयारीको अवस्था शून्य रहेको त्यसको सम्भावना पहिचान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए। 

उनले भने, ‘युवापुस्ताले अवसरको खोजी गरिरहेको छ, उनीहरूको भावनालाई सम्बोधन गर्न सरकार क्रियाशील छ, संकटको निकास दिन जिम्मेवारीका काम भइरहेको छ, यसमा शंका गर्नुपर्दैन ।’
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : २२ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा