ललितपुर महानगरमा आगलागी आपतकालीन सूचना प्रणाली « Khabarhub

ललितपुर महानगरमा आगलागी आपतकालीन सूचना प्रणाली


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणाली सुरुवात गरेको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले आज पाटन दरबार क्षेत्रमा स्वीच जडान गरेर आगलागी आपतकालीन सूचना प्रणालीको सुरुवात गरेका हुन् । 

उक्त प्रणालीको शुभारम्भ गर्दै उनले आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रण गर्न मद्दत पुर्‍याउने उद्देश्यले यो प्रणाली जडान गरिएको बताए।

‘हामीले यस प्रणालीलाई परीक्षणस्वरूप सञ्चालनमा  ल्याएका छौँ, प्रभावकारी देखिए ललितपुर महानगरका सबै चोकमा विस्तार गर्ने योजना छ । अहिले हामीले नमूना परिक्षण गर्न खोजेका हौँ । यसको कार्यक्षमता परीक्षण गरिँदैछ’ प्रमुख महर्जनले भने।

ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा अन्य नगरपालिकाभन्दा अघि बढेर काम गर्दै आएको उनको दाबी थियो । विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्न र आगलागी नियन्त्रणका लागि दुई दमकल किन्ने निर्णय गरिएको उनले बताए। यसअघि सो महानगरपालिकाले विपद् वा आकस्मिक गुनासो सुन्न ११३१ नम्बरको टोल–फ्रि सेवा सञ्चालनमा ल्याइसकेको छ । 

आगलागीबारे जानकारी दिन एलएमसी एपबाट स्वीच थिचेको सात सेकेन्डमा महानगरको प्रहरी कन्ट्रोलमा साइरन बज्ने प्रणाली सञ्चालन गर्न विद्युत् आपूर्ति बन्द हुँदा पनि ४८ घण्टासम्मको ब्याकअपका लागि ब्याट्रीको व्यवस्थापन गरिएको अग्निनियन्त्रक राजकुमार ठकुरीले जानकारी दिए । 

मंगलबजारमा जडान गरिएको उक्त प्रणाली विस्तारै टोलटोल, उद्योग, कलकारखानामा राख्ने तयारी भइरहेको उनले बताए।
 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ३३ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा