हुम्लामा थपिए ९७५ मतदाता « Khabarhub

हुम्लामा थपिए ९७५ मतदाता


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अदानचुली– हुम्लामा ९७५ मतदाता थपिएका छन् । मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वान भएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर रोकायाका अनुसार गत असोज ९ गते अगाडि पनि मतदाता नामावली संकलन गरिएको थियो ।

जेन-जी आन्दोलनपश्चात् बनेको वर्तमान सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका जेन-जी युवालाई समेत मतदानमा सहभागी गराउन पुनः मतदाता नामावली दर्ता गर्ने कार्य थालिएको हो । 

विसं २०७९ को निर्वाचनमा जिल्लाको मतदाता सङ्ख्या ३२ हजार ३३३ रहेको थियो । हाल थपिएकोसहित जम्मा मतदाता सङ्ख्या ३३ हजार ३०८ पुगेको छ । नाम दर्ता गराउनेमा एक ७४ वर्षकी वृद्धा समेत रहेका छन् । अन्य सबै १८ वर्षदेखि ३० वर्ष आसपासका युवा रहेका प्रमुख रोकायाले बताए। 

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ६ : ४० बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा