उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति « Khabarhub

उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमडौँ- ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा मंगलबार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीको विवरण अध्यावधिक भएको छ।

अध्यावधिकका लागि उपाध्यायसहित ५१ जना केन्द्रीय सदस्यको नाम पनि आयोगमा बुझाइएको थियो। बुझाइएको सूचीको २९ नम्बरमा नाम थियो सुभाष प्रधान।

तर उनै प्रधानले आफूलाई जानकारी नै नदिई पार्टीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन्।

उनले आफूले नयाँ दल आए पुराना दल सच्चिन्थे कि भनेर भन्दै आएको भए पनि सहमतिबिना नाम राखिएको भन्दै असहमति व्यक्त गरेका छन्।

‘मेरो नाम कुनै राजनीतिक दल मा समावेश भएको सुनेँ। मेरो सहमति छैन,’ उनले भनेका छन्, ‘पुराना दलहरू सच्चिनु पर्ने गरी नयाँ दल आए प्रेसर हुने थियो भन्ने दृष्टिकोणमा सबैसँग वार्ता भएको हो। तर बिना सहमति आएको अर्थमा मेरो स्पष्ट असहमति भएको सबैलाई जानकारी गराउन चाहन्छु।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : ५१ बजे

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग