भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर « Khabarhub

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

विराटनगरको बरगाछीमा साँझ भएको सवारी दुर्घटनामा परेर मृत्यु हुने ४५ वर्षीया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको छ। मृतक अधिकारीको घर सर्लाहीको हरिपुर–१ रहेको खुलेको छ।

सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउने क्रममा भारतीय नम्बरको ट्रकसँग ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् विमलको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ०८ बजे

बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

बैतडी– बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु

बालेनको पक्षमा बग्रेल्ती गीत, र्‍यापर-एआईले दिए स्वर !

काठमाडौं – र्‍यापको सुरुवात सयौं वर्ष पहिला नै भएको तथ्यहरु

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली

बैतडीमा २८७ बन्दुक फिर्ता

बैतडी– बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी