भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर « Khabarhub

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।

विराटनगरको बरगाछीमा साँझ भएको सवारी दुर्घटनामा परेर मृत्यु हुने ४५ वर्षीया रोहिता अधिकारी रहेको प्रहरीले जनाएको छ। मृतक अधिकारीको घर सर्लाहीको हरिपुर–१ रहेको खुलेको छ।

सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउने क्रममा भारतीय नम्बरको ट्रकसँग ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् विमलको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ०८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को