दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ? « Khabarhub

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ ।

लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।

विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।

आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।
लिग चरणमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सुरुमा ब्याटिङ गरेर विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको थियो ।

आजको खेलमा विराटनगरको बलिङमा सन्दीप लामिछाने र लुम्बिनीको बलिङमा शेर मल्लको प्रतिस्पर्धा देखिने छ । ब्याटिङमा भने विराटनगरले विश्वकै चर्चित नामलाई उतार्ने छ । मार्टिन गप्टिल र फाप्लुको प्रदर्शन महत्त्वपूर्ण बन्नेछ । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : ०६ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल