आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै « Khabarhub

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्वका विभिन्न मुलकमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाउने गरिएको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् ।

राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानीको स्रोत समेत जोखिममा परेको छ ।

यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् ।

यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : १६ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक