एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ? « Khabarhub

एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितीको बैठक बस्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन आउन दुईदिन बाँकी रहँदा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा बैठकमा छलफल हुनेछ ।

‘आज मुख्यगरी जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदिप ज्ञवालीले रिर्पोटिङ गर्नुहुन्छ’, गौतमले भने, ‘बढी भन्दा बढी कार्यकर्ता परिचालन गरेर जनसभा व्यापक बनाउन अन्य समितीका तर्फबाट पनि सुझाव दिइने छ ।’

मुल समितीको संयोजक महासचवि शंकर पोखरेल हुनुहुन्छ भने सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ छन् ।

आज १४ वटै समितीका संयोजकले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् । सबै समितीलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव पोखरेलले निर्देशन दिनेछन् । बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारुपका विषयमा पनि जानकारी गराइने छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : १८ बजे

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन

कुन शहर कति चिसो : कहाँको तापक्रम कति छ ?

काठमाडौं – बिहीबार देशभर चिसो बढेको छ । नेपाल मौसम

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४