सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष केपी ओली « Khabarhub

सम्पादकसँग छलफल गर्दै एमाले अध्यक्ष केपी ओली


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सम्पादकसँग छलफल गर्दैछन्। एमाले ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्न लागेका हुन्।

प्रेस चौतारीले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँगको संवादमा सहभागी हुन सम्पादकलाई निम्तो पठाएको हो। ओलीसँगको संवाद कोटेश्वरस्थित होटल ए वा भेन्युमा बिहीबार दिउँसो १ बजे सुरु हुँदैछ।

शनिबारेदेखि सुरु हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै आयोजना गरिएको यो भेटमा अध्यक्ष ओलीले आफ्नो आगामी कार्ययोजना, नेतृत्वबारेको धारणा र आगामी राजनीतिक रणनीतिबारे सम्पादकसमक्ष खुलस्त राख्ने तयारी गर्नुभएको बताइन्छ।

अर्को कार्यकालका लागि अध्यक्ष बन्ने तयारीमा रहनुभएका ओलीले महाधिवेशनको दिशा, संगठन सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तयारी गरेका छन् ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह मंसिर २७ गते भक्तपुरको तीनकुने मैदानमा हुनेछ। त्यसपछि हुने बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। महाधिवेशनमा आगामी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : १४ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश