उम्मेदवार सिफारिसमा कांग्रेसको कडाइ : मापदण्डविपरीत संख्या नतोक्न निर्देशन « Khabarhub

उम्मेदवार सिफारिसमा कांग्रेसको कडाइ : मापदण्डविपरीत संख्या नतोक्न निर्देशन


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसमा कडाइ गरेको छ । तोकिएको मापदण्ड र संख्याका आधारमा मात्र उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको हो ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको परिपत्रमा मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिइएको छ ।

परिपत्रमा भनिएको छ, ‘तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ ।’

कांग्रेसले यसअघि परिपत्र गर्दै उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो । कांग्रेसले मापदण्ड कार्यान्वयनका लागि मुख्य सचिवमार्फत् पुनः निर्देशन दिएको हो । यसअघि कांग्रेसले मंसिर १५ र १७ गते परिपत्र गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : ३२ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश