महेश बस्नेतको दाबी : ओलीलाई पक्राउका लागि पूर्वराष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर षड्यन्त्र गरिन् « Khabarhub

महेश बस्नेतको दाबी : ओलीलाई पक्राउका लागि पूर्वराष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर षड्यन्त्र गरिन्


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको एघारौँ महाधिवेशन भाड्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बस्नेतले जेन-जी आन्दोलनमा दमन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउका नाममा मिडिया ट्रायल गरिएको आरोप लगाएका छन् ।

उनले यसो गरेर पार्टीको महाधिवेशन भाँड्ने, आतंक फैल्याउने, जनसहभागिता घटाउने र अन्तिम चरणमा ओलीको लोकप्रियता कमजोर पार्ने कोसिस भइरहेको दाबी गरे ।

महाधिवेशनमा चुनाव भएमा सके हराउने, नसके भोट घटाउने षड्यन्त्र पार्टीभित्र र र बाहिर पनि भइरहेको दाबी उनले गरेका छन् ।

उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओली गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा बयान दिन नगएकोमा प्रश्न गर्नुपछि षड्यन्त्र रहेको पनि जिकिर गरे।

दुई दिनअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर ओलीलाई पक्राउ गर्नुपर्ने कुरा गरेकोले दाबी पनि गरे । भण्डारीले प्रधानमन्त्री भेटिसकेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलबाट बुधबार त्यस्तो अभिव्यक्ति आएको उनको तर्क छ।

‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो, ‘तपाईंहरूले एउटा कुरा सोध्नै भुल्नुभयो, ‘किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ?’, म भए जान्थे, उहाँ पनि जानैपर्छ।’

उनले पोखरेलको यस भनाइबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको दाबी गरे । ‘२ दिन अगाडि नै पूर्वराष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ’, उनले दाबीसहित भनेका छन् ।

बस्नेतले बुधबार जेन-जी समूहको नाममा गरिएको वार्ता र सम्झौतालाई नाटकको संज्ञा दिएका छन् । ‘हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम ‘केपी ओली गिरफ्तार’ भन्ने मिडिया ट्रायलसहितका सबै कुराले एउटै दिशातिर संकेत गर्छन्’, उनले भने, ‘उनीहरूको उद्देश्य हो, महाधिवेशन भाँड्ने, आतंक फैल्याउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।’

बस्नेतले एमाले सबै भ्रम चिर्न सक्षम हुने बताएका छन् । ‘उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ। पार्टी आफ्नो अडानमा अडिन्छ’, उनले भनेका छन्, ‘अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन। तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब बुझिसकिएको छ । अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको सबै खेल नजन्मिँदै तुहिनेछ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ११ : ४६ बजे

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी

बालेन यसअघि मेयर भएका कारण यो सहरमा गरिब बाँच्न नपाउने भए : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य