सुरू भयो ‘ट्रम्प गोल्ड कार्ड’ : अब १४ करोड तिरे पाइन्छ अमेरिकी नागरिकता « Khabarhub

सुरू भयो ‘ट्रम्प गोल्ड कार्ड’ : अब १४ करोड तिरे पाइन्छ अमेरिकी नागरिकता


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ का लागि आवेदन प्रक्रिया सुरु भएको घोषणा गरेका छन्।

अब आवेदकले यस प्रक्रियाबाट ‘ट्रम्प गोल्ड कार्ड’का लागि आवेदन दिन सक्छन्। यसको लागत १ मिलियन डलर (झण्डै १४ करोड रुपैयाँ) छ। कम्पनीका लागि २ मिलियन डलर लाग्छ।

गत फेब्रुअरीमा यो कार्यक्रम घोषणा गर्दा यसको लागत ५ मिलियन डलर (६६ करोड रुपैयाँ) राखिएको थियो। तर सेप्टेम्बरमा घटाएर १ मिलियन डलर गरियो।

ट्रम्पका अनुसार यो अमेरिका फर्स्ट एजेन्डाको हिस्सा हो, जसले भारत–चीनजस्ता देशका उत्कृष्ट विद्यार्थी तथा ट्यालेन्टेड प्रोफेशनललाई आकर्षित गर्ने उद्देश्य राख्छ। होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भनिन्, ‘यसले विश्वका सफल उद्यमीहरूलाई अमेरिका ल्याउनेछ।’

यता ट्रम्प प्लाटिनम कार्ड पनि छिट्टै सुरु हुने अपेक्षा गरिएको छ, जसको शुल्क करिब ५ मिलियन डलर (लगभग ६६ करोड रुपैयाँ) हुनेछ।

बिहीबार कार्ड लञ्च गर्दै ट्रम्पले भने, ‘अब केवल दक्ष र ट्यालेन्टेड मानिसलाई मात्रै अमेरिकी भिसा ।’

गोल्ड कार्डले लामो समय अमेरिकामा बसोबासको सुविधा दिन्छ। त्यसमा अमेरिकी राहदानी र मतदान अधिकारबाहेक सबै सुविधा नागरिकले पाउने जस्तै हुन्छ। प्रक्रिया ग्रीन कार्डजस्तै हुनेछ।

ट्रम्पले यो कार्यक्रम धनी विदेशीका लागि खासगरी बनाइएको बताएका छन् । उनीहरूले १ मिलियन डलर तिरेर अमेरिकामा बसेर काम गर्न सकून् भनेर यो कार्यक्रम ल्याइएको हो ।

उनले अब अमेरिका केवल ट्यालेन्टेड मानिसलाई मात्रै भिसा दिइने बताए, अमेरिकनहरूको जागिर खोस्न सक्नेहरूलाई भिसा नदिने उनले उल्लेख गरे । उनले यो रकम कर घटाउन र सरकारी ऋण तिर्न प्रयोग गरिने बताए।

गोल्ड कार्डले सधैँ बस्ने अधिकार दिनेछ

ट्रम्पले गोल्ड कार्डसँगै तीन प्रकारका नयाँ भिसा कार्ड लन्च गरेका छन् ।
– ट्रम्प गोल्ड कार्ड
– ट्रम्प प्लाटिनम कार्ड
– कर्पोरेट गोल्ड कार्ड

ट्रम्प गोल्ड कार्डले अमेरिकामा अनिश्चितकाल बस्ने अधिकार दिन्छ। प्लाटिनम कार्ड छिट्टै सुरु हुने उनले बताए । अबदेखि ईबी-१ र ईबी-२ को ठाउँ गोल्ड कार्डले लिनेछ ।

कमर्स सेक्रेटरी हावर्ड लुटनिकका अनुसार गोल्ड कार्ड हालका ईबी-१ र ईबी-२ भिसाको विकल्प बन्नेछ। ग्रीन कार्ड श्रेणी नै बन्द हुन सक्छ।

ईबी-१ भिसा उत्कृष्ट योग्यता भएका व्यक्तिका लागि स्थायी बसोबास (ग्रीन कार्ड) हो। ईबी-२ उचाइ शिक्षा (मास्टर्स वा त्यसभन्दा माथि) भएका व्यक्ति का लागि हो।

ट्रम्प गोल्ड कार्डका १० प्रश्न–जवाफ

१. ट्रम्प गोल्ड कार्ड के हो?

यो डोनाल्ड ट्रम्पद्वारा प्रस्तुत नयाँ भिसा/रेसिडेन्सी प्रोग्राम हो, जसले अमेरिकामा बस्ने, काम गर्ने र अन्ततः नागरिकता पाउने बाटो खोल्छ।

२. यो कार्ड कसलाई दिइन्छ?

यो परम्परागत ग्रीन कार्डभन्दा फरक छ। मुख्यत: धनी व्यक्तिहरू, लगानीकर्ता, व्यवसायी, र ट्यालेन्टेड प्रोफेशनलका लागि हो।

३. ट्रम्प कर्पोरेट गोल्ड कार्ड के हो ?

कम्पनीले आफ्नो कर्मचारीका लागि लिने कार्ड हो।
– प्रति कर्मचारी १५,००० डलर डीएचएस शुल्क (फिर्ता नहुने)
– वेटिङपछि प्रतिकर्मचारी २ मिलियन डलर

४. कम्पनीले स्पोन्सरशिप बदल्न चाहे के हुन्छ?

नयाँ कर्मचारीका लागि फेरि २ मिलियन डलर दिनु पर्दैन। पुरानो कार्ड ट्रान्सफर हुन्छ।
– १ प्रतिशत वार्षिक मेन्टेनन्स शुल्क
– ५ प्रतिशत ट्रान्सफर शुल्क (नयाँ डीएचएस ब्याकग्राउन्ड चेकसहित)

५. आवेदकलाई के फाइदा हुन्छ?

ईबी-१ वा ईबी-२ अन्तर्गत जस्तै लफुल परमानेन्ट रेजिडेन्ट (ग्रीन कार्ड) हैसियत मिल्छ।

६. परिवार पनि आवेदन दिन सक्छ?

हो। पति/पत्नी र २१ वर्षभन्दा कमका अविवाहित छोराछोरी समावेश गर्न सकिन्छ।
– प्रत्येक सदस्यका लागि १५,००० डलर डीएचएस शुल्क
– १ मिलियन डलर अतिरिक्त शुल्क

७. आवेदन कसरी गर्ने?

– १५,००० डलर सुरुवाती शुल्कसहित अनलाइन आवेदन (ट्रम्पकार्ड.जीओभी)
– डीएचएस वेटिङपछि युएससीआईएले माईयुएससीआईएस.जीओभीमा खाता बनाउने निर्देशन दिन्छ
– त्यसपछि कागजात तथा मुख्य शुल्क बुझाउनुपर्ने हुन्छ

८. भुक्तानी कसरी गर्ने?

– १५,००० डलर शुल्क: क्रेडिट कार्ड वा एसीए
– १ वा २ मिलियन डलर : एसीएच वा स्विफ्ट वायर ट्रान्सफर
– अन्य साना शुल्क: अमेरिकी विदेश विभागले छुट्टै बताउँछ

९. ट्रम्प प्लाटिनम कार्ड के हो?

छिट्टै आउने कार्ड जसले व्यक्तिलाई वर्षमा २७० दिनसम्म बिना ट्राभल भिसा अमेरिकामा बस्न दिन्छ।

१०. प्लाटिनम कार्डका फाइदा के हुन्?

– विदेशबाट कमाइ भएको आयमा अमेरिकी कर लाग्दैन
– अमेरिकी नागरिक वा पहिल्यै ग्रीन कार्ड भएका व्यक्ति आवेदन दिन सक्दैनन्

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १२ : १४ बजे

गगन थापा सर्लाही झरेपछि क्रिकेट कमेन्टेटर तिमल्सिना बने काठमाडौं-४ का कांग्रेस उम्मेदवार

काठमाडौं- सभापति गगन थापाको निर्वाचन क्षेत्रमा कांग्रेसले क्रिकेट कमेन्टेटर सचिन

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ गोरखा–१

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा