न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रविको मुद्दा ‘हेर्न नमिल्ने’ « Khabarhub

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रविको मुद्दा ‘हेर्न नमिल्ने’


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरणमा जेल जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ।

लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो ।

उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा यो मुद्दाको पेशी तोकिएको थियो ।

तर न्यायाधीश विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको हो ।

रवि र छवि बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका छन् ।

दुवैजनाले बिगो बराबरको धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिइसकेका छन् । लामिछाने र जोशीको मुद्दाको पेशी गत कात्तिक १३ गतेपछि निरन्तर सरिरहेको छ ।

मुद्दाको छिनोफानो हुने अवस्था आइरहँदा पछिल्लो समय रास्वपा सभापति लामिछानेले नख्खु जेलबाटै मिडिया ट्रायल गरिरहेका छन् । उनलाई भेटन् नेतादेखि पूर्वन्यायाधीशसम्म पुगिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १२ : ५९ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु