ऐश्वर्या रायले रजनीकान्तको प्रस्ताव अस्वीकार गरेपछि… « Khabarhub

ऐश्वर्या रायले रजनीकान्तको प्रस्ताव अस्वीकार गरेपछि…


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – सुपरस्टार रजनीकान्तको करिअरमा ५० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने पहिलो ऐतिहासिक फिल्म ‘पडयप्पा’ अब २६ वर्षपछि पुनः सिनेमाहलमा रिलिज हुने तयारीमा छ। 

फिल्मको पुनः रिलिजसँगै रजनीकान्तले यसको सिक्वेल ‘नीलम्बरी : पदयप्पा २’ को घोषणा गरेपछि प्रशंसकहरूमा उत्साह थपिएको छ।

१९९९ मा रिलिज भएको ‘पडयप्पा’ले रजनीकान्तलाई बक्स अफिसमा नयाँ उचाइ दिलाएको थियो। फिल्ममा राम्या कृष्णनले निभाएको ‘नीलम्बरी’ पात्र आज पनि बलिउड–दक्षिण भारतीय सिनेमाकै सबैभन्दा शक्तिशाली महिला चरित्रमध्ये एक मानिन्छ। तर, यो भूमिका राम्याभन्दा अघि ऐश्वर्या राय बच्चनका लागि सोचिएको भन्ने तथ्य अहिले सार्वजनिक भएको हो।

फिल्मको पुनः रिलिजको तयारीका क्रममा निर्माताहरूले युट्युबमा सार्वजनिक गरेको भिडियोमा रजनीकान्तले यो प्रसंग खुलाउँदै भनेका छन्, ‘नीलम्बरीको भूमिकाका लागि हाम्रो पहिलो रोजाइ ऐश्वर्या राय बच्चन थिइन्। धेरै प्रयासपछि उनलाई सम्पर्क गर्न सफल भयौं। त्यो पात्र यति महत्वपूर्ण थियो कि आवश्यक परे दुईदेखि तीन वर्षसम्म पनि कुर्न तयार थिएँ।’

तर, सबै तयारीका बाबजुद ऐश्वर्याले फिल्ममा काम गर्न रुचि नदेखाएपछि प्रस्ताव अस्वीकार गरिन्। त्यसपछि निर्माता टोलीले श्रीदेवी र माधुरी दीक्षितजस्ता दिग्गज अभिनेत्रीको नामसमेत विचार गरेको रजनीकान्तले बताए।

‘हामी त्यस्तो नायिका खोजिरहेका थियौँ, जसको आँखामा नीलम्बरीका लागि चाहिने शक्ति र गर्व देखियोस्,’ उनले भने, ‘अन्ततः ऐश्वर्याले अस्वीकार गरेपछि निर्देशक रविकुमारले राम्या कृष्णनको नाम सुझाव दिनुभयो।’

त्यसपछि राम्या कृष्णन फिल्ममा आवद्ध भइन् र नीलम्बरीको भूमिका आज पनि दर्शकले बिर्सन नसक्ने पात्र बनेको छ।

यद्यपि ‘पडयप्पा’ अस्वीकार गरे पनि रजनीकान्त र ऐश्वर्या रायबीचको व्यावसायिक सम्बन्धमा कुनै दरार आएन। पछि उनीहरू २०१० को ब्लकबस्टर फिल्म ‘रोबोट’ मा सँगै देखिए, जसले बक्स अफिसमा थुप्रै रेकर्ड कायम गरेको थियो।

अब ‘पडयप्पा’को पुनः रिलिज र ‘नीलम्बरी : पदयप्पा २’को घोषणासँगै दुई पुस्ताका दर्शक फेरि एकपटक रजनीकान्तको ऐतिहासिक यात्राको साक्षी बन्ने तयारीमा छन्।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : २८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६