प्रचण्डलाई हराएका केसीको निर्णयले देउवालाई नैतिक चुनौती « Khabarhub

प्रचण्डलाई हराएका केसीको निर्णयले देउवालाई नैतिक चुनौती


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत कात्तिक १९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग महाराजगञ्जस्थित निवासमा भेटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डढेल्धुराबाट अझै चुनाव लड्ने आकांक्षा सार्वजनिक गरे ।

आफूलाई भेट्न आउने नेताहरूलाई ७९ वर्षीय देउवाले अझै संसदीय राजनीति नछाड्ने जनाउ दिइरहेका छन् । खासमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीति छाड्ने सन्देश दिएको थियो ।

तर पटक पटक प्रधानमन्त्रीसमेत भएर आफ्नो क्षमता परीक्षण गरिसकेका यी तीन नेता अझै पनि पार्टी नेतृत्वदेखि प्रधानमन्त्रीसम्म बन्ने योजना बुनिहेका छन् ।

प्रचण्डले त आफ्ना प्रतिस्पर्धी जनार्दन शर्मालाई पार्टीबाटै निकालेर माधव नेपालहरूलाई भित्र्याउँदै अध्यक्ष (संयोजक) पद ओगटि सकेका छन्। उता देउवा पार्टी विधानले तेस्रो पटक सभापति बन्न नदिए पनि संसदीय चुनावबाट एक पटक प्रधानमन्त्री हुने तानाबाना बुनिरहेका छन् । उनले डडेल्धुराबाट सात पटक चुनाव जितिसके ।

यता एमाले अध्यक्ष ओलीको तेस्रो पटक अध्यक्षमा आउन विधानमै हेरफेर गरिसके । उता पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा आउन निषेध नै गरे । भदौ २४ सम्म दुईतिहाइका शक्तिशाली प्रधानमन्त्री ओलीलाई जेन-जी आन्दोलनले एकाएक बालुवाटारबाट भाग्ने अवस्था बनायो ।

तर अझै पनि उनी एमाले नेतृत्वमा रहने बलजफ्ती गरिरहेका छन् । आफूलाई चुनौती दिने ईश्वर पोखरेललाई अनेक आरोप लगाएर तर्साउने र धम्क्याउने सबै उपाय उनले अख्तियार गरिसके । महेश बस्नेतसहितका नेता परिचालित गराएर सामाजिक सञ्जालमा आक्रमण गराइरहेका छन् ।

यति हुँदा पनि बुधबार पोखरेलले ओलीलाई चुनौती दिँदै यदि उनी हट्ने भए आफूले पनि अध्यक्षको दाबी छाड्ने बताए । तर ओली टसमस छैनन्, सबै हतकण्डा अपनाएर एमालेको सत्तामा आउन तमम्तयार छन् । जेन-जी आन्दोलनपछि सबैभन्दा आलोचित पात्रका रुपमा स्थापित उनी आफूविरुद्ध विदेशी षड्यन्त्र देख्छन् तर शासनमा रहँदा आफूले गरेका गल्ती स्वीकार्न तयार छैनन् ।

उमेरले पनि बयोवृद्धतिर गइरहेका यी तीन पात्रलाई कांग्रेसका एकजना नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसी गतिलो सन्देश दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट ह्यट्रिक जित गरेका उनै पूर्व खेलकुद मन्त्री केसीले २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने घोषणा गरेका छन् ।

२०७० र २०७४ र २०७९ मा लगातार तीन पटक चुनाव जितेका उनले आफू चुनाव नलड्ने घोषणा गर्दै नयाँ अनुहारलाई स्वागत गरेका छन् ।

केसीले काठमाडौं १० लाई आफ्नो पकड या आधार क्षेत्र नै बनाएको अवस्थामा पनि अब चौथो पटक चुनाव नलड्ने घोषणा बिहीबार गरेका छन् ।

केसी कति बलिया थिए भने दोस्रो संविधानसभा (२०७० साल)मा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै हराइदिए । प्रचण्डलाई हराएपछि उनी शक्तिशाली नेताका स्थापित भएका छन् । त्यसपछिका चुनाव पनि उनले लगातार दुई पटक जिते ।

२०७९ सालमा उनले माओवादी केन्द्रकी अञ्जना विशंखे र एमालेका हिमेश केसीलाई सजिलै पाखा लगाउन सके ।

तर उन केसीले अब युवा पुस्तालाई अघि बढाउन चुनावी मैदानबाट पछि हटेको सन्देश दिएका छन् । केसीले आफूलाई पार्टीमा पुस्तान्तरणको पक्षमा उभ्याएका छन् । केसीको यो निर्णयले देउवासहितका कांग्रेस नेताहरूलाई नैतिक दबाब दिएको छ ।

आफू चुनाव नलड्ने कुरा केसीले कांग्रेसको माथिल्लो तहका नेताहरूलाई जानकारी दिइसकेका छन् । पार्टीभित्र रुपान्तरणको आवाज उठेका बेला आफूले त्यो आवाजलाई सम्बोधन गर्नेगरि कदम चाल्न लागेको उनले बताएका छन् । ‘पार्टीमा पटक पटक अवसर पाएकाहरूले अब छोडनुपर्छ’, उनले भनेका छन्,
‘अब कांग्रेसले नयाँ पुस्तालाई अघि बढाउनुपर्छ।’

काठमाडौं १० मा कांग्रेस बलियो भएकोले जो-कोही नेता चुनाव लड्दा पनि सहज रहेको उनले बताएका छन् । कांग्रेसले फागुन २१ को चुनावका लागि धमाधम उम्मेदवार सिफारिस गरिरहँदा केसीको यो निर्णयले नेतृत्वमाथि दबाब बढाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : ३३ बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।