काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद् भवनको अवलोकन गरेकी छन् ।
बिहीबार पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद् भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
संसद् भवनको अवलोकन गरे पनि भण्डारीले आफूलाई संसद् भवनको अवस्था देखेर दुःख लागेको संक्षिप्त प्रतिक्रिया दिइन् ।
जेन-जी आन्दोलनका क्रममा संसद् भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो ।
ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद् पुननिर्माणमा भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणाधीन संसद् भवनबाटै काम सुरु गर्ने गरी तयारी गरिरहेको छ ।













प्रतिक्रिया