ओलीको टिप्पणी : जेन-जीहरू र सरकारबीचको सम्झौता कलाविहीन नाटक, मान्यता दिँदैनौँ « Khabarhub

ओलीको टिप्पणी : जेन-जीहरू र सरकारबीचको सम्झौता कलाविहीन नाटक, मान्यता दिँदैनौँ


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सिंहदरबारमा अन्तरिम सरकार र जेन-जीका विभिन्न समूहबीच भएको १० बुँदे सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘अहिलेको यो सरकार ढोकामाथि गोबर लगाएर नाग टाँसे जस्तै हो । हिजोको एउटा कलाविहीन नाटकको पटाक्षेप कसरी भयो तपाईंहरूलाई थाहै छ’, उनले भने, ‘जति कलाविहीन ढंगले नाटकको पर्दा उठेको थियो । त्यही कलाविहीन ढंगले पर्दा उठेको छ।’

उनले जेन-जीहरूसँग सम्झौता गर्ने म्यान्डेट यो सरकारलाई नभएको बताए । ‘यो सरकारले त्यो मान्यता कहाँबाट पाएको छ ? गोबर लगाएर नाग टाँसे जस्तो यो सरकारले को को बोलाएर कागज थमाएर सम्झौता गरेको छ’, उनले भने, ‘त्यो कलाविहीन नाटक हिजै त्यहीँ अस्वीकार भयो, त्यो सम्झौता त्यहीँ च्यातिदिए ।’

उनले जेन-जी र सरकारबीच भएको सम्झौताको दस्तावेजलाई फजुल कागजको संज्ञा दिए । ‘त्यस्ता फजुल कागजलाई मान्यता दिने कुरा हुँदैन’, उनले भने, ‘त्यो कलाविहीन नाटकलाई हामी मान्यता दिँदैनौँ ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : ४६ बजे

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई

शिक्षामा स्वजागरणको अभ्यास : अभिभावक-विद्यालयले के गर्ने ? 

काठमाडौं– भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो ।