पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै « Khabarhub

पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम तेक्वान्दो प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । पनौती–१, २ र ३ को आयोजनामा कुशादेवीमा हुने तीन दिने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४०० खेलाडी सहभागी हुने जनाइएको छ । 

कुशादेवी तेक्वान्दो डोजाङ्गको सह-आयोजनामा हुने प्रतियोगितामा विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । 

पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले महिलातर्फ २० केजीदेखि ५८ केजीसम्म र पुरुषतर्फ २२ केजीदेखि ६० केजी तौल समूहकाबीच प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार यस्तै २० स्वर्ण, २० सेकेन्ड मेडल र ४० वटा तेस्रो मेडलसहित प्रथम ट्रफी, दोस्रो ट्रफी र नगद पुरस्कारसमेत उपलब्ध गराइनेछ ।

विसं २०५२ देखि पनौतीमा प्रशिक्षण सुरु गरिएकामा नगरबाट अन्तर्राष्ट्रिय खेलमा सञ्जीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरेलगायत खेलाडीले ‘गोल्डमेडल’ (स्वर्ण पदक) जितिसकेका छन् । 

पछिल्ला महिनामा तेक्वान्दो सङ्घका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलङ्कामा आयोजित प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती–२ का कुशल हुमागाईं र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाईं, मलेसिया र थाइल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटालगायत सहभागी भई विभिन्न पदक प्राप्त गरिसकेका अवसरमा जानकारी गराइएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : ५४ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश