पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै « Khabarhub

पनौतीमा पुस पहिलोसाता जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता हुँदै


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकामा आगामी पुस ४ गतेदेखि काभ्रेपलाञ्चोक जिल्लाव्यापी प्रथम तेक्वान्दो प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ । पनौती–१, २ र ३ को आयोजनामा कुशादेवीमा हुने तीन दिने प्रतियोगितामा जिल्लाका १७ मध्ये १३ डोजाङ्गका ४०० खेलाडी सहभागी हुने जनाइएको छ । 

कुशादेवी तेक्वान्दो डोजाङ्गको सह-आयोजनामा हुने प्रतियोगितामा विभिन्न २० वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । 

पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले महिलातर्फ २० केजीदेखि ५८ केजीसम्म र पुरुषतर्फ २२ केजीदेखि ६० केजी तौल समूहकाबीच प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार यस्तै २० स्वर्ण, २० सेकेन्ड मेडल र ४० वटा तेस्रो मेडलसहित प्रथम ट्रफी, दोस्रो ट्रफी र नगद पुरस्कारसमेत उपलब्ध गराइनेछ ।

विसं २०५२ देखि पनौतीमा प्रशिक्षण सुरु गरिएकामा नगरबाट अन्तर्राष्ट्रिय खेलमा सञ्जीव प्रधान, रामहरी महत, दिपेन्द्र थापा, विनोद थापा, सुरज घिमिरेलगायत खेलाडीले ‘गोल्डमेडल’ (स्वर्ण पदक) जितिसकेका छन् । 

पछिल्ला महिनामा तेक्वान्दो सङ्घका अध्यक्ष केशव थापाको नेतृत्वमा श्रीलङ्कामा आयोजित प्रथम दक्षिण एसियाली तेक्वान्दो च्याम्पियनसिमा पनौती–२ का कुशल हुमागाईं र विवेक तामाङ, जापानमा विरेन्द्र हुमागाईं, मलेसिया र थाइल्याण्डमा केशव थापा, राष्ट्रिय खेलमा प्रकृति थापा र दिपिका सापकोटालगायत सहभागी भई विभिन्न पदक प्राप्त गरिसकेका अवसरमा जानकारी गराइएको छ । 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १ : ५४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन