ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ « Khabarhub

ईश्वर पोखरेललई ओलीको जवाफ : उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनको प्रसंगमा आफूले बयान दिन जानुपर्ने भनेर बुधबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बोलेको कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्।

बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा उनले पोखरेलको भनाइलाई लिएर आक्रोश पोखेका हुन् ।

‘उपाध्यक्षज्यूलाई किन सन्चो भएन उहाँलाई नै सोध्नुपर्छ । बयान दिन जाने नजाने मेरो कुरा हो । के कानुनी व्यवस्था के छ मैले हेरेको छु’, उनले भने, ‘त्यसबापद के सजाय भोग्नुपर्छ त्यो मलाई थाहा छ । प्रधानमन्त्री सुशीला कार्की र हाम्रा वरिष्ठ उपाध्यक्ष लगायतको मनासय र चहाना एउटै छ।’

ओलीले आफूलाई जनताले माया गरेकाले विरोधीले लखेट्दैमा फरक नपर्ने बताए । ‘मलाई जनताले माया गरेका छन् । विरोधीहरूले लखेटेका छन् । विरोधीहरूले लखेटेर म कहीँ गएको छैन’, उनले भने, ‘म हावा भरेको भकुन्डो हो, जति पछार्‍यो त्यति माथि जान्छु । वरिष्ठ उपाध्यक्ष किन तातिनु भएको हो ? किन जिद्दी गर्नु भएको हो थाहा भएन ।’

उनले पोखरेललाई क्षुद्र र वैरभाव ढंगले अघि नबढ्न सुझाए । ‘उहाँ किन यति साह्रो लाग्नु भएको हो थाहा भएन, उहाँले राजनीति गरे हुन्थ्यो’, ओलीले भने, ‘तर यो सरकार र उहाँहरूको उद्धेश्य के हो मलाई राम्रोसँग थाहा छ ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  २ : ०४ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट