‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’ « Khabarhub

‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूका विरोधीहरूबारे तिखो टिप्पणी गरेका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा बोल्दै उनले एमालेविरोधीहरूले मनपरी गरे पनि आफूहरू सम्यमसहित अघि बढेको बताए ।

‘एमालेले हेडलाइन बनाउन कुनै कुकुरको खुट्टा टोक्न जाँदैन’, उनले भने, ‘हामी हाम्रो सुरक्षा आफैं गरेर हिँडिरहेका छौँ । हामी जनताको घरको सुरक्षा पनि गर्न तयार छौँ। हामीलाई खबर गर्नुस्, विरोधीहरूले तलमाथि गर्न खोजेमा आफ्नोसहित देशको पनि रक्षा गर्न तयार छौँ।’

उनले प्रधानमन्त्री सुशीला कार्कीलाई हैसियतविनाको व्यक्तिको संज्ञा दिए । ‘हैसियताबिनाको व्यक्तिले विनाविधि र प्रक्रिया अनधिृकतका काम गरेका छन् । असंवैधानिक बाटोबाट आएको व्यक्तिले गरेको असंवैधानिक कदम खारेज हुनुपर्छ । यो सरकार खारेज हुनुपर्छ’, उनले भने, ‘जुन बाटोबाट संसद् विघटन गरिएको हो, त्यहीँबाट फर्काउनुपर्छ । अहिले अदालतमा केस चलेको छ । यसबारेमा अदालतले निर्णय गर्ला ।’

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  २ : १४ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी