देउवासँग मंसिर १९ को भेटबारे ओली : परिणामहरू बिस्तारै आउने छन् « Khabarhub

देउवासँग मंसिर १९ को भेटबारे ओली : परिणामहरू बिस्तारै आउने छन्


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग महाराजगञ्जमा भएको भेटका परिणामहरू बिस्तारै आउने बताएका छन् ।

बिहीबार काठमाडौंमा सम्पादकहरूसँग आयोजित अन्तरक्रियाका क्रममा उनले देउवा निवास महाराजगञ्जमा भएको डेढ घण्टा लामो भेटका परिणामहरू आउँदै जने बताएका हुन् ।

‘संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको थियो’, उनले भने, ‘त्यसको परिणाम क्रमशः आउने छन् ।’

ओली र देउवाबीच भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको थियो । उक्त भेटको दुई दिनपछि मंसिर २१ गते कांग्रेस संसद् पुनर्स्थापनको मागसहित सर्वोच्च अदालतमा गइसकेको छ। कांग्रेसको उक्त रिटमा पुस २ गते सुनुवाइ हुँदैछ ।

यस्तो अवस्थामा ओलीले कांग्रेस र एमाले मिलेपछि परिणामहरू बिस्तारै आउँदै जाने बताएका हुन् । ओ‌लीले अदालतको फैसलामा चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गरे ।

आफूहरूको मागबमोजिमको आदेश नआए पनि एमालेले हिंसात्मक आन्दोलन नगर्ने पनि उनले बताए । देश र प्रणालीलाई नै बचाउनुपर्ने स्थिति आएमा शान्तिपूर्ण आन्दोलनमा उत्रने चेतावनी उनले बताए ।

अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कुनै कानुनी व्यवस्था नभएको बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  २ : ४६ बजे

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर– मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा