जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै « Khabarhub

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्य गर्ने गरी खटाइएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

नले भने,’केन्द्रीय सदस्यहरुलाई प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा समन्वय समिति र बुथ समिति गठन गरी सक्रिय रुपमा परिचालन गर्न तथा गठन हुन बाँकी रहेका प्रदेश, जिल्ला, पालिका, वडा, टोल र गाउँ समिति शीघ्र गठन गर्नेलगायतका सङ्गठन तथा संरचना निर्माण कार्यमा लाग्न पार्टीले निर्देशन दिएको छ ।’

त्यसैगरी चुनावी प्रचारप्रसार, मतदाता सचेतना कार्यक्रम, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन तथा प्रशिक्षणलगायतका कार्य योजनाबद्ध रुपमा सञ्चालन गर्न र निर्वाचन क्षेत्रमा आधारित कार्यक्रम तथा कार्ययोजना तयार गरी समयमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै प्रचारप्रसार, प्रशिक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।  

निर्वाचन क्षेत्रमा खटिएका केन्द्रीय सदस्यहरूले प्रत्येक क्षेत्रको मतदाता तथ्याङक संकलन, सङ्गठनको स्थिति, प्रतिस्पर्धी दलको अवस्था समेटेर नियमित रुपमा रिपोर्टिङ गर्न तथा पार्टीका उम्मेदवार सफल हुने सम्भावना उच्च रहेका क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष ध्यान, शक्ति परिचालन र रणनीतिमूलक गतिविधि सञ्चालनका लागि तथ्यांक सकंलन तथा विश्लेषणका लागि नतिजामुखी काम गर्न निर्देशन दिइएको बस्नेतले बताए।
 

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : २४ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा