नेप्से परिसूचकमा सामान्य गिरावट « Khabarhub

नेप्से परिसूचकमा सामान्य गिरावट


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर दुई हजार ६०७ दशमलव ३७ को बिन्दुमा कायम भएको हो ।

आज ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ६९ हजार ७२९ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ दशमलव ५७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ को मूल्य घट्दा ११ कम्पनी स्थिर छन् ।

आज बैंकिङ शून्य दशमलव १५, जीवन बिमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, माइक्रोफाइनान्स शून्य दशमलव शून्य नौ, तथा व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेका छन् ।

विकास बैंक शून्य दशमलव १९, फाइनान्स शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव ५४, हाइड्रोपावर शून्य दशमलव ३६, लगानी शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव १६ र अन्य समूह शून्य दशमलव ६३ प्रतिशतले घटेका छन् ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्थान लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ४२ प्रतिशत घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ५७ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान