नेप्से परिसूचकमा सामान्य गिरावट « Khabarhub

नेप्से परिसूचकमा सामान्य गिरावट


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर दुई हजार ६०७ दशमलव ३७ को बिन्दुमा कायम भएको हो ।

आज ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ६९ हजार ७२९ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ दशमलव ५७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ को मूल्य घट्दा ११ कम्पनी स्थिर छन् ।

आज बैंकिङ शून्य दशमलव १५, जीवन बिमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, माइक्रोफाइनान्स शून्य दशमलव शून्य नौ, तथा व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेका छन् ।

विकास बैंक शून्य दशमलव १९, फाइनान्स शून्य दशमलव ६५, होटल तथा पर्यटन शून्य दशमलव ५४, हाइड्रोपावर शून्य दशमलव ३६, लगानी शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव १६ र अन्य समूह शून्य दशमलव ६३ प्रतिशतले घटेका छन् ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्थान लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ४२ प्रतिशत घटेको छ । कारोबारका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ५७ बजे

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी