भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर « Khabarhub

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।

भिजिट भिसा प्रकरण अन्तर्गत भिजिट भिसामा विदेश जाने नेपालीसँग घुस लिएको आरोपमा मुद्दासँग सहसचिव भट्टराई, कविता पौडेल र खेमप्रसाद सुवेदी विरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरेको हो ।

अख्तियारले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा तत्कालीन समयमा प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी सम्हालेका सहसचिव भट्टराई, पौडेल र सुवेदी तिनै जनाविरुद्ध समान बिगो माग गर्दै विशेष अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ ।

अख्तियारले ती तीनै जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६ सय बिगो माग गर्दै सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरेको छ । अख्तियारले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको’ जनाएको छ ।

साथै, सहसचिव तीर्थराज भट्टराईको हकमा दोब्बर सजाय समेत अख्तियारले माग गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : ३३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।