माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड « Khabarhub

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा साम्राज्यवादीको डिजाइनमा माओवादीलाई पूर्ण रुपमा सिद्धाउने षडयन्त्र गरिएको भन्दै माओवादी बिचारलाई बोकेर षडयन्त्रलाई चिर्दै अघि बढ्ने बताए । 

उनले माओवादी विचारधारालाई पुन जागृत गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

जेन-जी विद्रोहपछि मुलुकको अवस्था झन् जटिल देखिएको उल्लेख गर्दै उनले झनै विदेशी हस्तक्षेप बढेको बताए । 

उनले जेन-जी युवाहरूले आन्दोलन गरे पनि शासन भने अमेरिकी साम्राज्यवादको पिछलग्गुहरुले गरिरहेको आरोप लगाए । 

नेपाली जनताको अधिकारको दृष्टिले समेत अहिलेको सरकारले जनताको समस्या समाधान गर्नुभन्दा पनि मालिकको आदेशलाई मानेर अघि बढिरहेको उनले बताए । 

प्रकाण्डले मुलुकको परिवर्तनका लागि यसअघि भएका ठूला आन्दोलनको उपलब्धिलाई समेत अहिले खोस्ने प्रयास भइरहेको उल्लेख गरे । 

उनले जेन-जी आन्दोलनपछिको अवस्थाको विश्लेषण गर्दै आगामी दिनमा राष्ट्रिय समाधान दिन पार्टीले रोपम्याप समेत अघि सारेको जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : १० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।