माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड « Khabarhub

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा साम्राज्यवादीको डिजाइनमा माओवादीलाई पूर्ण रुपमा सिद्धाउने षडयन्त्र गरिएको भन्दै माओवादी बिचारलाई बोकेर षडयन्त्रलाई चिर्दै अघि बढ्ने बताए । 

उनले माओवादी विचारधारालाई पुन जागृत गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । 

जेन-जी विद्रोहपछि मुलुकको अवस्था झन् जटिल देखिएको उल्लेख गर्दै उनले झनै विदेशी हस्तक्षेप बढेको बताए । 

उनले जेन-जी युवाहरूले आन्दोलन गरे पनि शासन भने अमेरिकी साम्राज्यवादको पिछलग्गुहरुले गरिरहेको आरोप लगाए । 

नेपाली जनताको अधिकारको दृष्टिले समेत अहिलेको सरकारले जनताको समस्या समाधान गर्नुभन्दा पनि मालिकको आदेशलाई मानेर अघि बढिरहेको उनले बताए । 

प्रकाण्डले मुलुकको परिवर्तनका लागि यसअघि भएका ठूला आन्दोलनको उपलब्धिलाई समेत अहिले खोस्ने प्रयास भइरहेको उल्लेख गरे । 

उनले जेन-जी आन्दोलनपछिको अवस्थाको विश्लेषण गर्दै आगामी दिनमा राष्ट्रिय समाधान दिन पार्टीले रोपम्याप समेत अघि सारेको जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : १० बजे

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा