नेप्से परिसूचकमा सामान्य गिरावट
साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशतले घटेर दुई हजार ६०७ दशमलव ३७ को बिन्दुमा कायम भएको हो ।

आज ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ६९ हजार ७२९ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४९ करोड ७९ लाख ७९ हजार ७५६ दशमलव ५७ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ को मूल्य घट्दा ११ कम्पनी स्थिर छन् ।
सुनचाँदीको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ?
किसानलाई दूधमा प्रतिलिटिर १० रुपैयाँ अनुदान
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख
लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम दुई करोड बढी रहेको छ ।

कार्यालयका लेखा शाखा प्रमुख पंकजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१-८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम दुई करोड ३१ लाख २४ हजार २५० रहेको छ । निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए ।
म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण
गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी













प्रतिक्रिया