नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे « Khabarhub

नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित पार्न नसक्दा जेनजी आन्दोलनका नाममा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन् ।

भक्तपुर नगरपालिकाले आजदेखि आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियागिताको उद्घाटन गर्दै उनले जेनजीका नाममा भएको घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन र धेरै मन्त्रालयहरु तथा देशभरका सरकारी कार्यालय जलाउनु सही नभएको उल्लेख गरे ।

खेलकुदले मित्रता, शिक्षा र संस्कृतिको विकाससँगै शारीरिक एवं मानसिक स्वास्थ्य सुधार गर्नुका साथै अनुशासित नागरिक तयार गर्न, सामाजिक सम्बन्ध मजबुत बनाउने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कार्यक्रमका सभापति सुनील प्रजापतिले आजदेखि पुस १ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल गरी १५ वटा खेलमा प्रतियोगीबीच प्रतिस्पर्धा हुने बताए ।

उनले प्रतियोगितामा ८० भन्दाबढी विद्यालयको सहभागिता रहने बताउँदै उहाँले भलिबलमा २८८ जना, एथ्लेटिक्समा ४०८ जना, टेबलटेनिसमा १३८ जना, पोर्टबलमा १५३ जना, उसुमा १३९ जना, कबड्डीमा १६० जना, तेक्वान्दोमा ३५० जना, कसिमला पाय्मा २४३ जना, बुद्धिचालमा १७३ जना, बाघचालमा २४७ जना, फुटबलमा २८८ जना, जिम्नाष्टिकमा १०० जना, ब्याडमिन्टनमा १२० जना, कराँतेमा १६० जना र खोखोमा ३२४ जना गरी जम्मा ३ हजार २९१ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।

यसअघि आजै दत्तात्रयबाट सुरु भएको समुद्घाटन र्याली नगरको विभिन्न ठाउँको परिक्रमा गर्दै सहिद स्मृति खेल मैदानमा पुगेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : १९ बजे

छानबिन प्रतिवेदनलाई अपूर्ण र पूर्वाग्रही भन्दै अर्को आयोग गठन गर्न नेकपा संयुक्तको माग

काठमाडौं- नेकपा संयुक्तले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई अपूर्ण

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको