‘वनफूलको विद्रोह’ कविता कृति विमोचन « Khabarhub

‘वनफूलको विद्रोह’ कविता कृति विमोचन


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवयत्री निरञ्जना चन्द ‘निरु’ द्वारा रचित कविता कृति ‘वनफूलको विद्रोह’ को विमोचन गरिएको छ । विविध साहित्यिक व्यक्तित्व, भाषाविद्, अध्येता तथा कलाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा सो कविता कृति विमोचन गरिएको हो ।

विमोचन समारोहका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले कृतिको चर्चा गर्दै कवयत्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, अनुभूति र मानवीय संवेदनशीलतालाई सशक्त रूपमा अभिव्यक्त गर्ने खालका रहेको उल्लेख गरे ।

“म २०७८ सालको प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवदेखि नै कवयत्री चन्दको लेखकीय क्षमता र उहाँको भावनात्मक गहिराइबाट प्रभावित भएको छु”, उनले स्मरण गर्दै भने, “चन्दका कविताहरू मार्मिक छन्, तिख्खर छन् र पाठकको अन्तरमनलाई छुने शक्तिले भरिपूर्ण छन् ।”

‘वनफूलको विद्रोह’ शीर्षककै संरचनाले कवयत्रीले प्रकृतिको प्रतीकमार्फत विद्रोह, स्वतन्त्रता, अस्तित्व तथा सामाजिक न्यायका पक्षमा उठान गरेको स्पष्ट सङ्केत गरेको पूर्वकुलपति उप्रेतीले बताए । उनले चन्दका शब्द–चयन, छन्दगत लय र भावनात्मक तीक्ष्णतालाई विशेष प्रशंसनीय भएको उल्लेख गरे ।

कार्यक्रममा प्रा जीविन्द्रदेव गिरी, प्रा जगत उपाध्याय, प्रा हेमनाथ पौडेल, प्रा देवी नेपाललगायतले पनि कवयत्री चन्दका साहित्यिक योगदान र कृतिमा समावेश विषयवस्तुका विविध आयामबारे प्रशंसा गरेका थिए । चन्दका कविता प्रायः जीवनका उतारचढाव, संवेदना, सामाजिक यथार्थ र मानवीय भावनामा केन्द्रित हुने गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ३१ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण