आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो « Khabarhub

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग पनि बयान लिने भएको छ।

जााँचबुझ आयोगका प्रवक्ता विज्ञानरा शर्माका अनुसार बयानका लागि कार्कीलाई प्रत्र प्रदान गरिसकिएको छ।

जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो।

जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो। घटना हुँदा कार्की एआईजी थिए।

उनलाई शुक्रबार उपस्थित हुन आयोगले पत्र लेखेको हो। यसअघि त्यसबेलाका आईजीपी चन्द्रकुवेर खापुङ, त्यसबेलाका गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि शुक्रबार नै उपस्थित हुन पत्र पठाइएको थियो।

आयोगले शुक्रबार यी तीनजनासँग संयुक्त बयान लिनेछ। खापुङ र दुवाडी बिहीबार पनि बयान दिन पुगेका थिए। उनीहरुको बयान सकिएको छैन।

उनीहरूसँग शुक्रबार पनि बयान जारी रहने प्रवक्ता शर्माले जानकारी दिए। दुवै जना बिहीबार ढिलो गरी उपस्थित भएका थिए। झण्डै चार बजे बयानका लागि आयोगको कार्यालय सिंहदरबार पुगेका उनीहरूसँग साँझ ६ बजेसम्म सोधपुछ गरेको थियो।

यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ। असोज ९ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित ३ सदस्यीय आयोगलाई तीन महिनाको समयसीमा तोकिएको छ।

जेनजी आन्दोलनमा भदौ २३ गते भएको राज्यको दमन र २४ गतेको विध्वंशका घटना छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न सक्ने अधिकार आयोगलाई छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : ०० बजे

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको

जेनजी आन्दोलन: ५४ जिल्ला र २६२ स्थानीय तह प्रभावित, ८४ अर्ब ४५ करोड बढीको क्षति

काठमाडौं- जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण