लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ « Khabarhub

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ महाधिवेशनमा केन्द्रीय सचिवमा आफ्नो स्वाभाविक दाबी रहेको स्पष्ट गरेका छन्। नवौँ र दसौँ महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य बनेका थापा अहिले संगठन विभागका सदस्य पनि छन्।

बुढीगंगा नगरपालिका–३, ब्रहमतोलामा जन्मिएका थापा काममा केन्द्रित रहने नेता मानिन्छन्। सचिवमा उम्मेदवारीबारे ढिलो बोल्नुको कारण उनले अहिलेको जिम्मा अध्यक्षमा केपी शर्मा ओलीलाई पुनः अघि बढाउने भनेर ब्याख्या गरे । आफू सचिव बन्ने निर्णय नेतृत्वले नै घोषणा गर्ने अपेक्षा रहेको उनले बताए।

थापाले पार्टीले दिएको सबै जिम्मा प्रभावकारी रूपमा पूरा गरेको दाबी गर्दै यसपटक उचित मूल्यांकन हुने विश्वास व्यक्त गरे। देश बाह्य हस्तक्षेप र षड्यन्त्रको दबाबमा परेको वर्तमान अवस्थामा साहसिक नेतृत्व आवश्यक भएको उल्लेख गर्दै उनले ओलीलाई त्यही क्षमता भएको नेता बताए।

थापा अहिले बाजुराका इन्चार्ज छन्। जेन(जी आन्दोलनपछि उनले जिल्लामा संगठन पुनः सक्रिय पारेका थिए। लालबहादुर ओलीको नेतृत्वमा रहेको जिल्ला कमिटीले त्यसमा साथ दिएको उनले स्मरण गरे।

सुदूरपश्चिमका केन्द्रीय सदस्यहरूबीच बुधबार भएको छलफलमा पनि उनले सचिव दाबीका आधारहरू राखिसकेका छन्।

२०४४ सालमा नेपाल ल क्याम्पसमा विद्यार्थी राजनीतिबाट थापाको पार्टी–यात्रा सुरु भयो। त्यतिबेला उनी क्याम्पस प्राकका उपाध्यक्ष र पार्टी कमिटी सदस्य थिए। ०५३ सालमा जिल्ला सचिव बनेर जिल्लाको नेतृत्व सम्हालेका उनी ०६९ सालमा जिल्ला अध्यक्ष पनि बने।

२०५४ को स्थानीय चुनावमा उनका नेतृत्वमा एमालेले जिल्लामा धेरै गाविस जित्यो। त्यसपछि उनी जिल्ला विकास समितिका सभापति बने। बाजुराका लागि पाँच वर्षे योजना बनाएर लागू गर्ने उनी सम्भवत नेपालका पहिलो जिविस सभापति मानिन्छन्।

०६९ मा जिल्ला अध्यक्ष भएपछि उनले २०७० को संविधानसभामा पार्टीलाई जिताए, जसको आधारमा २०७४ मा उनी प्रतिनिधि सभा चुनावमा पनि विजयि भए।

प्रतिनिधि सभा सदस्य भएपछि पनि उनले बाजुराका विकासमा सक्रिय भूमिका खेले। गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले थापाको विकास दृष्टिकोण कठिन गाउँहरूबाट सुरु हुने मान्यता व्यवहारमै प्रभावकारी भएको बताए। रोकायाले यसपटक थापाको उचित मूल्यांकन हुनुपर्ने धारणा राखे।

थापा विकासका गतिविधिमा गाउँ–गाउँ पुगेको, खोलाखोल्सा हिँडेका नेता मानिन्छन्। कानुन र शिक्षा विषयमा स्नातक गरेका उनी वकिल भएर पनि स्थानीयलाई सहयोग गरिरहेका छन्।

शान्ति र लोकतन्त्रका कठिन समयमा पनि थापाले जोखिम बोक्दै बाजुरामै बसेर जनतालाई साथ दिएका थिए। सुरक्षाकर्मीले धेरैपटक दबाब दिएको प्रसंग पनि छन्। ०५९ सालमा एमालेले अघि बढाएको आन्दोलनका क्रममा माओवादीले उनलाई मैरेबाट अपहरण गरी १५ दिनसम्म राखेको थियो।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  १० : २४ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।