चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा | Khabarhub Khabarhub

चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुल एएफ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शनिबार भएको तेस्रो चरणको खेलमा लिभरपुलले एरिङटन स्टान्लेलाई ४-० ले हरायो।

गएराति भएको खेलमा लिभरपुलका लागि डिएगो जोटाले खेलको २९ औं मिनेटमा पहिलो गोल गरे। उसका लागि दोस्रो गोल पहिलो हाफको अन्तिम समय अर्थात् ४५ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डले गरे। पहिलो हाफमा २-० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो।

दोस्रो हाफको ७६ मिनेटमा जायडन डान्सले टिमका लागि तेस्रो गोल गरे भने खेलको अन्तिम समय अर्थात् ९० औं मिनेटमा फेड्रिको चियसाले गोल गर्दै चार शून्यको शानदार जित निश्चित गरेका हुन्।

एफए कपका अन्य खेलमा चेल्सीले मोरक्याम्बेलाई ५-० ले हरायो भने नटिङघम फरेस्टले लुओन टाउनसँगको खेलमा २-० को जित निकालेको छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : १८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’