ट्रम्पको सपथ ग्रहणमा भारतीय विदेश मन्त्री जयशंकरले भाग लिने « Khabarhub

ट्रम्पको सपथ ग्रहणमा भारतीय विदेश मन्त्री जयशंकरले भाग लिने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्।

डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम छ ।

यस सपथ ग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्पको सपथग्रहण समितिको निमन्त्रणामा बिदेश मन्त्री एस जयशंकर जाने तय भएको छ ।’ अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा उनले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले त्यहाँको भावी प्रशासनका प्रतिनिधिका साथै समारोहमा भाग लिन आउने अन्य विशिष्ट व्यक्तिसँग भेटघाट गर्नेछन् ।

प्राप्त जानकारी अनुसार सपथ ग्रहण समारोह जनवरी २० मा मध्यान्ह १२ बजे (नेपाली समय अनुसार ११ः४५ बजे राति) सुरु हुनेछ।

यस समारोहमा विश्वभरका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ। यस अवसरमा धेरै देशका प्रमुखहरू पनि उपस्थित हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : ०७ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा