ट्रम्पको सपथ ग्रहणमा भारतीय विदेश मन्त्री जयशंकरले भाग लिने « Khabarhub

ट्रम्पको सपथ ग्रहणमा भारतीय विदेश मन्त्री जयशंकरले भाग लिने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकर अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्।

डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा सपथ लिने कार्यक्रम छ ।

यस सपथ ग्रहण समारोहमा एस जयशंकरको सहभागिताको सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्पको सपथग्रहण समितिको निमन्त्रणामा बिदेश मन्त्री एस जयशंकर जाने तय भएको छ ।’ अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा उनले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले त्यहाँको भावी प्रशासनका प्रतिनिधिका साथै समारोहमा भाग लिन आउने अन्य विशिष्ट व्यक्तिसँग भेटघाट गर्नेछन् ।

प्राप्त जानकारी अनुसार सपथ ग्रहण समारोह जनवरी २० मा मध्यान्ह १२ बजे (नेपाली समय अनुसार ११ः४५ बजे राति) सुरु हुनेछ।

यस समारोहमा विश्वभरका विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ। यस अवसरमा धेरै देशका प्रमुखहरू पनि उपस्थित हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : ०७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी