अमेरिकाको म्याकडेरमिट कल्डेरा खानीले लिथियम बजारमा चिनियाँ प्रभुत्व घटाउला ? « Khabarhub

अमेरिकाको म्याकडेरमिट कल्डेरा खानीले लिथियम बजारमा चिनियाँ प्रभुत्व घटाउला ?


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाको नेभादा राज्यमा म्याकडेरमिटकल्डेरामा अतिविशाल खाडल छ । १० हजार वर्षअघिसम्मत्यहाँ ज्वालामुखी रहेको विश्वास गरिन्छ । यद्यपि ६ सय १६वर्गमाइल क्षेत्रफलमा फैलिएको खाडल चाहीँ १ करोड ६०लाख वर्ष पुरानो हो ।

त्यहाँ ‘इलाइट’ नामक लिथियमको खनिज भटिएको छ ।यसअनुसार त्यहाँ ४ करोड मेट्रिक टन लिथियम रहेको अनुमानछ । लिथियमको यो भण्डारण संसारका सबै लिथियमखानीको कुल परिमाणभन्दा अझ धेरै हो । यसअघिबोलिभियामा रहेको सलार डे उयुनी नामक इोत्रमा सबैभन्दा धेरैलिथियम रहेको विश्वास गरिन्थ्यो ।

अमेरिकाले उत्खनन् गर्न सकेको खण्डमा यसबाट विश्वव्यापीलिथियम बजारमा चिनियाँ प्रभुत्वमा कमी आउने विश्लेषणगरिएको छ । विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीका लागिलिथियम अत्यावश्यक खनिज मानिन्छ ।

लिथियम अमेरिकाज नामक कम्पनीले उक्त खानीबाटलिथियम उत्खननको तयारी गरेको छ । यसका लागि यसकम्पनीलाई अमेरिका सरकारको ऊर्जा मन्त्रालय र जनरलमोटर्स नामक कम्पनीले पनि सहयोग गर्नेछन् ।

सन् २०२६ देखि यहाँ उत्खनन् कार्य शुरु हुने अपेक्षा गरिएको छ। शुरुवाती चरणमा यो खानीबाट प्रत्येक वर्ष ४० हजार मेट्रिकटन लिथियम उत्खनन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ११ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा