१० महिनाअघि बेपत्ता ताइवानी नागरिक चिनियाँ हिरासतमा रहेको खुलासा « Khabarhub

१० महिनाअघि बेपत्ता ताइवानी नागरिक चिनियाँ हिरासतमा रहेको खुलासा


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १० महिनाअघि बेपत्ता भएका एक जना ताइवानी नागरिक चिनियाँ हिरासतमा रहेको खुलासा भएको छ । ताइवानको चाङहुवा काउन्टीका १९ वर्षीय बासिन्दा हुआङ गत वर्षको मार्च महिनादेखि बेपत्ता थिए ।

ताइपेइ टाइम्सका अनुसार उनलाई कुन अभियोगमा हिरासतमा राखिएको भन्ने स्पष्ट भएको छैन । यद्यपि चीनको शाङ्सी प्रान्तस्थित डाटोङ क्षेत्रमा उनीविरुद्ध ठगीको उजुरी दर्ता गरिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चीनमा ताइवानी नागरिक पक्राउ परे यसबारे ताइवानको राष्ट्रिय प्रहरी एजेन्सीलाई औपचारिक जानकारी दिनुपर्ने प्रावधान रहेको छ । तर, हुआङलाई पक्राउ गरेकोबारे चिनियाँ पक्षले ताइवानलाई कुनै जानकारी नदिएको ताइपेई टाइम्सले उल्लेख गरेको छ । चीनमा कानुनी झमेलामा परेका आफ्ना नागरिकको अवस्थाबारे ताइवान सरकारले थप जानकारी प्राप्त गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ३९ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ