घाँटी खसखसाउने प्राय सबैलाई भइरहने समस्या हो। हाम्रो पुरानो मान्यताअनुसार घाँटी खसखस गर्नुलाई कुरा काटेको या गाली गरेको रुपमा अथ्र्याउने चलन छ।
रुघाखोकी लाग्दा चिच्याएर बोल्दा, लामो समयसम्म पानी नपिउँदा घाँटी खसखस गर्ने गर्दछ। जसलाई सामान्य मान्नुपर्छ। तर कहिलेकाहीँ लामो समयसम्म घाँटी खसखस गरिरह्यो, घाँटी दुख्ने, आवाजमा परिवर्तन आउने जस्ता लक्षण देखिए भने क्यान्सर हो कि भनेर शंका गर्न सकिने चिकित्सक बताउँछन्।
घाँटी खसखसाउने समस्या
घाँटी खसखस हुने समस्याले धेरै कुरालाई संकेत गर्छ। जस्तै हामीले घाँटी चिलाउँदा होस् घाँटीमा केही कुरा अड्किएको अवस्थालाई पनि हामी घाँटी खसखसाएको भन्छौं। घाँटी मात्रै खसखसाउनु त्यस्तो ठूलै समस्या पनि होइन। तर यसलाई सामान्य मानेर हेलचेक्र्याइँ पनि गर्न मिल्दैन।
प्रायजसो मौसमी रुघाखोकी लाग्दा घाँटी खसखसाउने समस्या हुन्छ। त्यस्तै एलर्जीका कारण पनि यो समस्या हुन्छ। कहिलेकाहीँ घाँटी खसखसाउने समयालाई क्यान्सरको लक्षणका रुपमा पनि लिन सकिन्छ।
कुन कुन अवस्थामा घाँटी खसखसाउँछ ?
प्रायजसो मौसमी रुघाखोकी लाग्दा घाँटी खसखसाउने समस्या हुन्छ। त्यस्तै एलर्जीका कारण पनि यो समस्या हुन्छ। कहिलेकाहीँ घाँटी खसखसाउने समयालाई क्यान्सरको लक्षणका रुपमा पनि लिन सकिन्छ। मान्छे युवावस्थामै छ, बाल्यवस्थामै छ, धूमपान र मध्यपान गर्दैन भने त्यस्तो अवस्थामा घाँटी खसखसाउनुलाई सामान्य रुपमा हेर्न सकिन्छ। तर बृद्धावस्थाको पहिलेदेखि नै धूमपान तथा मद्यपानको सेवन गरेको मान्छेमा यस्तो समस्या भइरहेको छ। खाना निल्न कठिन भइरहेका छ, आवाज धोद्रो हुँदै गएको छ भने क्यान्सरको लक्षण हुनसक्छ।
घाँटी खसखसाउनुको कारण
यसको मुख्य कारण भनेको रुघाखोकी अर्थात् कमन कोल्ड (रुघाखोकी)का बेला घाँटी भित्रको भाग अलि सुनिन्छ। जसका कारण घाँटी खसखसाउने, दुख्ने, थुक निल्न गाह्रो हुने, केही बिझाएको जस्तो महसुस हुने जस्ता लक्षण देखिएका छन् भने यो भाइरलका कारण हुनसक्छ। यस्तो बेलामा हामीले औषधी खाए पनि नखाए पनि चारदेखि १० दिनमा निको हुन्छ।
ब्याक्टेरियल इन्फेक्शन : घाँटी खसखसाउनुको सबैभन्दा कमन कारण यो पनि हो।
टन्सिल : टन्सिलका कारणले पनि यो समस्या धेरैलाई हुन्छ। टन्सिल भएको अवस्थामा ज्वरो आउने, घाँटी पछाडिको भाग सुन्निने, रातो हुने जस्ता लक्षण देखिन्छन्।
ग्याष्ट्रिक : ग्याष्ट्रिक खासगरी हाम्रो आमाशयमा हुने हो। आमाशयलाई खानानलीले घाँटीसँग जोडेको हुन्छ। त्यो नलीमा समस्या आयो भने त्यसको असर घाँटीसम्म आइपुग्छ र घाँटीमा केही कुरा अड्केको जस्तो हुने घाँटी खसखस हुने समस्या आइपर्छ।
रुघाखोकी लागिरहेको छ, नाकबाट पातलो सिँगान आइरहेको छ, जिउ दुखिरहेको छ, ज्वरो आइरहेको छ र घाँटी पनि खसखस गरिरहेको छ भने यो भाइरल इन्फेक्सनका कारण हुनसक्छ।
त्यसबाहेक मुखबाट सास लिने, चिच्याएर बोल्ने व्यक्तिमा मुख सुख्खा हुने भएकाले घाँटी खसखसाउने समस्या देखिन्छ। त्यस्तै क्यान्सर पनि यौटा कारण हो। तर यो कमन नभएर यदाकदा हुने हो। यदि बढ्दो उमेरको मान्छे छ। धूमपान, मध्यपान खाइरहने मान्छे छ र उसमा घाँसी खसखसाउने, खाना निल्न कठिन, सास फेर्न सकस, आवाज फेरिने, तौल घट्दै जाने जस्ता समस्यादेखिएका छन् भने क्यान्सर हो कि भनेर शंका गर्न सकिन्छ। त्यस्तो अवस्थामा इन्डोस्कोपी, सिटिस्क्यान गरेर रोग पत्ता लगाउन सकिन्छ।
कस्तो अवस्थामा अस्पताल जाने ?
रुघाखोकी लागिरहेको छ, नाकबाट पातलो सिँगान आइरहेको छ, जिउ दुखिरहेको छ, ज्वरो आइरहेको छ र घाँटी पनि खसखस गरिरहेको छ भने यो भाइरल इन्फेक्सनका कारण हुनसक्छ। यस्तो अवस्थामा ४-५ दिन आराम गर्ने। झोलिलो पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने, धेरै चिसो खानेकुराहरु नखाने गर्दा यो आफै निको भएर जान्छ।
तर बढ्दो उमेरको मान्छे छ। १२-१५ दिनसम्म पनि समस्यामा सुधार भएन भने नाक कान घाँटी रोगको चिकित्सकको सल्लाह लिनु राम्रो मानिन्छ। अहिले मौसम परिवर्तनको समय भएकाले यस्तो समस्या लिएर धेरै विरामी अस्पताल धाउने गरेका छन्। चिसो मौसम सकिएर गर्मी शुरु हुने चरणमा रहेको र अहिले वातावरणमा भाइरसको मात्रा अधिक हुने गर्छ।
विद्यालय जाने बालबालिकामा एकजना कोही बिरामी भए सरेर अन्य बालबालिका पनि यसबाट प्रभावित हुने गर्दछन्। आजभोलिउपचारमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत विरामी घाँटी दुख्ने, खसखसाउने समस्या लिएर आउने गरेका छन्।
यसबाट बच्ने उपाय के हो ?
घाँटी खसखसाउने समस्या ग्याष्ट्रिकसँग पनि जोडिएको हुनाले खानपानमा एकदमै ध्यानदिनुपर्छ। युवावस्थाको मान्छेमा पेट पोल्ने, दुख्ने, डकार आउने, घाँटी पनि खसखसाउने समस्या भइरहेको छ भने ग्याष्ट्रिक भएको हुनसक्छ। त्यस्तो अवस्थामा खानपानको बानीव्यहोरा एकदमै नियमित बनाउनुपर्छ।
युवावस्थाको मान्छेमा पेट पोल्ने, दुख्ने, डकार आउने, घाँटी पनि खसखसाउने समस्या भइरहेको छ भने ग्याष्ट्रिक भएको हुनसक्छ। त्यस्तो अवस्थामा खानपानको बानीव्यहोरा एकदमै नियमित बनाउनुपर्छ।
जस्तै चिल्लो पिरो खानेकुराहरु कम खाने, एकैपटक धेरै नखाने र धेरैबेर भोकै पनि नबस्ने, दिनमा ३, ४ पटक थोरै थोरै गरेर खाने, खाना खाएको दुई घण्टापछि मात्रै सुत्ने लगायतका कुरामा ध्यान दिनुपर्छ।
त्यस्तै भाइरस लगायत अन्य कुनै कारणले यो समस्या भइरहेको छ भने कारण खोजेर त्यसको निदानको लागि चिकित्सकसँग परामर्श गरेर उपचार गराउनु उचित हुन्छ। (ओम साई पाथिभरा अस्पतालमा कार्यरत ईएनटी सर्जन डा. निरज रौनियारसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया